Tuesday, December 20, 2016

 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता
पूर्वाञ्चलका मोरङ्ग, सुनसरी, झापा, धनकुटा, सप्तरी, उदयपुर र सिराहामा हुने प्रतियोगितामा ३० वटा खेलका प्रतिस्पर्धा हुनेछन्  प्रतियोगिताको पुस ८ गते राष्ट्रपति विद्यादेवि भण्डारीले विराटनगरमा उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनमा विभिन्न २५ जातजातिको साँस्कृतिक झाँकी तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहने छ । यसको सबै तयारी भइसकेको छ । 

३० खेलमा प्रतिस्पर्धा

प्रतियोगितामा विभिन्न ३० खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । परिषदका सदस्य सचिव केशबकुमार बिष्टले साताैं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । एक हप्तासम्म चल्ने प्रतियोगितामा महिला र पुरुष फुटबलका एक एक वटा, एथलेटिक्सका ३६ वटा, पुरुष बक्सिङका १० वटा इभेन्ट हुने छन् ।
यसैगरी महिला बक्सिङ्गका ९, तेक्वान्दोका १६, कराँतेका १७, महिला र पुरुष भारोत्तोलन १९ वटा इभेन्ट हुने छन् । महिला र पुरुष भलिबलका एक एक, टेबलटेनिसका ७, महिला र पुरुष कबड्डीका एक एक, कुस्तीका ८, ब्याडमिन्टनका सात, उसुका २३, जुडोका २१, महिला र पुरुष बास्केटबलका एक एक, चेसका २, महिला र पुरुष ह्यान्डबलका एक एक इभेन्टका प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, आईटीएफका २७, फुलकन्ट्याक कराँतेका १०, हकीको एक, पुरुष स्क्वासका ३, महिला स्क्वासका २, सुटिङका ८, जिम्न्यास्टिकका १२, महिला र पुरुष लनटेनिसका ६, सफ्टटेनिसका ७, महिला र पुरुष क्रिकेटका एक एक, साइक्लिङका २, आर्चरीका ११, सेपाकटाक्रोका ८, महिला र पुरुष खो–खोका २ र फेन्सिङ खेलकोका ८ गरी २ सय ९४ स्वर्ण पदककका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

2 comments:

  1. Slogan ‘पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद सातौं
    विविधतामा रमाएर बाँचौं

    ReplyDelete
  2. samapan ko update kahile hunxa hola sir

    ReplyDelete