Friday, March 24, 2017

खुशी सुचकांकमा नेपाल

नेपाल दक्षिण एशियामा खुशी रहने तेस्रो देश, विश्वको ९९ औँ, नर्वे विश्वकै खुशी देश

२०७३  चैत ७ दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ । खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । 
गएको वर्षको तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ । गएको वर्ष १ सय ७ औं स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा उक्लेको हो । १ सय ५५ देशको सूचीमा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ । उसले भुटानलाई पछि पार्दै दक्षिण एशियाको शीर्ष स्थानमा आएको हो ।  

१ सय ५५ देशमध्ये पाकिस्तान ८० औं स्थानमा छ भने भुटान ९७ औं स्थानमा छ । यस्तै १ सय १० औँ स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठाैँ स्थानमा छ । नेपालको उत्तर छिमेकी चीन भने ७९ औं स्थानमा छ । 

विविध समसामयिक जानकारी

  • सन् २०१७ मार्च २१मा स्वीडेनबाट विश्वव्यापी सार्वजनिक गरिएको मानव विकास सुचकांक सन् २०१६ को प्रतिवेदन अनुसार नेपाल १४४ औं स्थानमा रहेको छ । गत वर्ष नेपाल १४५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये मध्यम मानव विकास भएका मुलुक नेपाल सहित भारत, भुटान, बंगलादेश र पाकिस्तान परेका छन् । अफगानिस्तान भने निम्न मानव विकास भएका मुलुकमा परेको छ भने श्रीलंका र माल्दिभ्स भने उच्च मानव विकास भएका मुलुकमा परेका छन् ।
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये कुन कुन देश मानव विकास सूचकाङ्क २०१६मा उच्च मानव विकास भएका मुलुकमा परेका छन् ? श्रीलंका र माल्दिभ्स
  •  मानव विकास सूचकाङ्क २०१६ अनुसार निम्न मानव विकास भएको मुलुकबाट नेपाल कस्तो मानव विकास भएको मुलुकको सूचीमा पुगेको छ ? मध्यम
  •  मानव विकास सूचकाङ्क २०१६ अनुसार नर्वे सबैभन्दा उच्च मानव विकास भएको मुलुकमा परेको छ भने सबैभन्दा कमजोर मानव विकास सूचक भएको मुलुकमा कुन परेको छ ? सेन्ट्रल अफ्रिकन रिपब्लिक
  •  सिएनएनले जारी गरेको विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको कुन ठाउँ परेको छ ? भोटेकोशी
  •  वेलायती आर्थिक पत्रिका द इकोनोमिस्टले सार्वजनिक गरेको विश्वको सबैभन्दा महँगो शहरको सूचीको शीर्ष स्थानमा कुन शहर परेको छ ? सिङ्गापुर
  •  फोब्र्स पत्रिकाले जारी गरेको विश्वका अर्बपतिको सूची२०१७ मा पहिलो नम्बरमा परेकी महिला को हुन् ? लिलियोन बुटेनकोर्ट (फ्रान्स)
  • ब्यवस्थापिका संसदबाट हालै पारित भएको दलसम्बन्धी विधेयक अनुसार कुनै पनि दलले राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभा निर्वाचनमा केके मापदण्ड पूरा गर्नुपर्ने ब्यवस्था छ ? प्रत्यक्ष निर्वाचनमा कम्तिमा एक सीट जितेको र समानुपातिक तर्फ कूल मतको ३५ मत पाएको ।
  • दल सम्बन्धी कानून अनुसार राष्ट्रिय दलको मान्यता पाउन न्यूनतम आधार पु¥याउन नसक्ने दलको सांसदको हैसियत कस्तो रहन्छ ? स्वतन्त्र सरह
  • वेलायतको लण्डनमा अवस्थित वेलायती संसद भवनमा आतंककारी आक्रमण कहिले भयो ? २२ मार्च २०१७
  •  विश्व सामाजिक कार्य दिवस कहिले मनाईयो ? २०७३ चैत ९
  •  सन् २०१७ मार्चमा भारतको उत्तर प्रदेशका मूख्य मन्त्रीको रुपमा वियुक्त भए पश्चात विश्व चर्चामा रहेका ब्यक्ति को हुन् ? योगी आदित्यनाथ.

मानव विकास प्रतिवेदन २०१६

Ø मानव विकास प्रतिवेदन २०१६ 
 मानव विकास प्रतिवेदन २०१६, सन् २०१७ मार्च २१ मा प्रकाशित भएको छ ।
 नेपाल १४४ ‍‍औँ स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल १४५ स्थानमा थियो । 
 नर्वे उच्च मानव विकास सूचिको पहिलो स्थानमा छ । भने मध्य अफ्रिकन रिपब्लिक सबैभन्दा कम मानव विकास भएको देशमा दर्ज भएको छ । सन् १९९० देखि मानव विकास प्रतिवेदन सार्वजनिक हुदै आएको छ । नेपाल मध्यम मानव विकास भएको देशहरुको सूचिमा  छ ।
Ø विश्वका ५ उच्च मानव विकास भएका देशहरु
----------------------------------------------
१. नर्वे (०.९४९)
२. अष्ट्रेलिया (०.९४९)
३. स्विट्जरल्याण्ड (०.९३९)
४. जर्मनी (०.९२६)
५. डेनमार्क (०.९२५)

Ø सार्क राष्ट्रहरुको अवस्थाः
------------------------
७३. श्रीलंका (०.७६६)
१०५. माल्दिभ्स (०.७०१)
१३१. भारत (०.६२४)
१३२. भुटान (०.६०७)
१३९. बंगलादेश (०.५७९)
१४४. नेपाल (०.५५८)
१४७. पाकिस्तान (०.५५०)
१६९. अफगानिस्तान (०.४७९)

Saturday, March 18, 2017

नेपालका स्थानीय तह सम्वन्धी जानकारी



  • ७४४ स्थानीय तहलाई नेपाल सरकार मन्त्रिपरिषदले कहिले स्वीकृती दिएको हो ? वि.सं.२०७३ फागुन २२
  •  ७४४ स्थानीय तह कहिले राजपत्रमा प्रकाशित भई लागू भएको हो ? वि.सं.२०७३ फागुन २७
  •  हाल नेपालमा नगरपालिकाको संख्या कति रहेको छ ? २४६ वटा
  •  हाल नेपालमा कति वटा गाऊँपालिकाहरु रहेका छन् ? ४८१ वटा
  •  हाल नेपालमा कतिवटा महानगरपालिकाहरु रहेका छ्न ? ४ वटा(काठमाण्डौ,भरतपुर,पोखरा लेखनाथ र ललितपुर)
  •  हाल नेपालमा कतिवटा उपमहानगरपालिकाहरु रहेका छन् ? १३ वटा
  •  सबैभन्दा ठूलो गाऊँपालिका कुन हो ? नाम्खा गाऊँपालिका हुम्ला(२४१९.६४ व.कि.मि)
  •  सबैभन्दा ठूलो नगरपालिका कुन हो ? सितगंगा नगरपालिका,पाल्पा(६१०.४३ व.कि.मि.)
  •  सबैभन्दा ठूलो महानगरपालिका कुन हो ? पोखरा लेखनाथ महानगरपालिका(४६४.२४ व.कि.मि.)
  •  सबैभन्दा ठूलो उप महानगरपालिका कुन हो ? घोराही उपमहानगरपालिका,दाङ(५२२.२१ व.कि.मि.)
  •  सबैभन्दा सानो उप महानगरपालिका कुन हो ? विरगन्ज उपमहानगरपालिका,पर्सा(७५.२४ व.कि.मि.)
  •  सबैभन्दा सानो महानगरपालिका कुन हो ? ललितपुर महानगरपालिका(३६.१२ व.कि.मि.)
  •  सबैभन्दा सानो नगरपालिका कुन हो ? भक्तपुर नगरपालिका,(६.८९ व.कि.मि.),दोश्रो मध्यपुर ठिमि
  •  काठमाण्डौ महानगरपालिकाको जनसंख्या र क्षेत्रफल कति हो ? क्ष् ोत्रफल ४९.४५ र जनसंख्या ९,७५,४५३ जना
  •  सबैभन्दा धेरै वडा कुन महानगरपालिकामा छन् ? पोखरालेखनाथ महानगरपालिका,कास्की ३३ वटा(दोश्रो काठमाण्डौ ३२ वटा)
  •  पोखरा लेखनाथ महानगरपालिकाको जनसंख्या कति रहेको छ ? ,१४,१४१ जना
  •  नगरपालिका नभएका जिल्लाहरु कुन कुन हुन् ? ४ वटा छन्,(मनाङ,मुस्ताङ्ग,रसुवा र हुम्ला)
  •  महानगर भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला कुन हो ? कास्की
  •  गाऊँपालिका नभएको जिल्लाहरु कतिवटा छन् ? २ वटा(काठमाण्डौ र भक्तपुर )
  •  सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका कुन हो ? काठमाण्डौ महानगरपालिका
  •  एकै नामले ४ जिल्लामा रहेको गाऊँपालिकाको नाम के हो ? सुनकोसी गाऊँपालिका

Tuesday, March 7, 2017

संरक्षित जीवहरु


घस्रने जातका जन्तु

·         सुन गोहोरो




पंक्षी

·         चीर (Catreus wallichii)
·         सारस (Grus antigone)

स्तनधारी

·         चौका
·         कृष्णसार
·         आसामी बाँदर
·         सालक
·         सोंस
·         ब्वांसो
·         लिङ्गसाङ
·         चरी बाघ
·         लिंक्स
·         बाघ
·         हिउं चितुवा
·         गैंडा
·         कस्तुरी मृग
·         बाह्रसिंगा
·         गौरीगाई
·         अर्ना
·         नायन
·         चिरु
·         जंगली याक