Monday, November 28, 2016

संलग्न आन्दोलन (-Non AlignedMovement_


एशिया कप क्रिकेट

Asia cup cricket
एशिया कप महिला क्रिकेट
सुरुवात सन १९८४ बाट प्रथम खेल दुबई मा भएको थियो ।
प्रथम  सन २००४ मा श्रीलंकामा आयोजना गरिएको
सन २०१६ को फेब्रुअरी २४ देखी मार्च ६ सम्म
सन २०१२ मा अक्टुबर ४ देखी ३१ सम्म चिनको गोन्जाओ मा भएको जसमा भारत बिजेता भएको
स्थानः बंगलादेश
एशिया कप महिला क्रिकेट २०१६
बिजेताः भारत
मिति २०१६ को नोभेम्बर २७ देखी
म्यान अफ दि सिरिजः Sabbir Rahman बंगलादेश
स्थानः बैङ्कक थाइल्याण्ड
सन २०१८ मा भारतमा आयोजना हुदै छ ।
Mitra ghimire blog
                                                AFC सोलिडारिटी कप २०१६
सन २०१६ नोभेम्बर २-१५ सम्म
विजेताः नेपाल  उपविजेता मकाओ
सहभागी देशः ७
Best player  Leong Ka Hang ,मकाओ
स्थानः मलेशिया
Fair Play Award - लाओस

Sunday, November 27, 2016

देशकै लामो झोलुङ्गे पुल आजदेखि सञ्चालनमा

  1.  पर्वतको मोदीखोलामा नेपालकै अग्लो स्थानको लामो  झोलुङ्गे पुल मानिएको छ ।  पर्वत सदरमुकाम कुश्मालाई  पर्वतकै फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो कुश्मामुडिकुवा झोलुङ्गेपुलको निर्माण भएको हो ।
  2. बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्माकैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले  थप पर्यटक भित्र्याउन सहयोग हुने अपेक्षा गरिएको छ । कुश्माकैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७  मिटर लामो छ ।                                             mitra ghimire
अग्लो स्थानको लामो हो हैन कन्फ्यूज नहुनु होला ।

Monday, November 14, 2016

नयाँ एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक २०७३ साल असोज १४ गते


Ø सरकारले अलैंची, अदुवा, औषधीजन्य जडीबुटी लगायत १२ क्षेत्रलाई निर्यातयोग्य मान्दै मुख्य प्राथमिकतामा राखेर एकीकृत व्यापार रणनीति२०१० संशोधन गरी नयाँ एकीकृत व्यापार रणनीति२०१६ ल्याएको छ।
·        नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गर्दै वाणिज्य मन्त्रालयले कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।
·        यस्तै, एकीकृत व्यापार रणनीति२०१६ ले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, ऊनका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको छ। यिनलाई एकीकृत व्यापार रणनीति२०१० को रणनीतिमा पनि निर्यातजन्य वस्तुका रुपमा राखिएको थियो।
·        विविध समस्याका बाबजुद पछिल्लो वर्ष नेपालले केही वस्तुको निर्यातमा प्रगति गरेको  छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्का अनुसार नेपालले गत आर्थिक वर्ष २०७१/०७२ मा गलैंचा, धागो, फलाम तथा स्टिलका वस्तु, अलैंची, टेक्सटाइल, जुस, ऊन तथा पस्मिनाका सल, जुट ब्याग, मुसुरो दाल, टुथपेस्ट, जडीबुटी र जुत्ताचप्पल अर्बभन्दा बढीको निर्यात गरेको छ।
·        गत आर्थिक वर्षमा ऊनका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ। केन्द्रको तथ्यांकका अनुसार नेपालले वर्षभरिमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको ऊनका गलैंचा निर्यात गरेको छ। यो अघिल्लो आवको भन्दा १६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नेपालले ७ अर्ब रुपैयाँको गलैंचा निर्यात गरेको थियो।
·        यस्तै, गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटे पनि नेपालले ४ अर्ब अर्ब ६६ करोड रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ।
·        त्यसैगरी, गत आर्थिक वर्षमा मुलुकले ५ अर्ब ८८ करोड रुपैयाँको तयारी पोसाक निर्यात गरेको थियो भने ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो। रणनीतिले निर्यात प्राथमिकतामा राखेको अलैंची गत वर्ष ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

Thursday, November 10, 2016

ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिमा विजयी




सन २०१६ नोभेम्बर०९ – रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानको अन्तिम नतिजा अनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पारेर राष्ट्रपतिमा विजयी भएका हुन् । राष्ट्रपतिमा विजयी हुन दुई सय ७० इलेक्ट्रोल चाहिनेमा ट्रम्पको पक्षमा २७६ इलेक्ट्रोल परेको छ । यस्तै डेमोक्र्याटिक क्लिन्टनको पक्षमा २१८ इलेक्ट्रोल परेको छ । मुख्य प्रतिस्पर्धा र नतिजाका लागि महत्वपूर्ण रहेको पेन्सिलभेनिया, फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, लोवासहितका राज्यमा पराजित हुनु क्लिन्टनका लागि घातक बन्यो । अब केही राज्यको मात्रै नतिजा आउन बाँकी छ ।
हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत
रिपब्लिक पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याएको छ । बहुमतका लागि दुई १८ सिट चाहिनेमा रिपब्लिकन पार्टीले दुई सय ३४ सिटमा जित निकालेको छ । डेमोक्र्याटिक पार्टीले एक सय ७६ सिटमा जित निकालेको छ । अब केही सिटको नतिजा आउन बाँकी छ ।
सिनेटमा पनि रिपब्लिकन पार्टी बहुमतको नजिक छ । बहुमतका लागि ५१ सिट चाहिनेमा रिपब्लिकनले ५१ सिटमा अग्रता लिएको छ । यस्तै डेमोक्र्याटिक पार्टीले ४७ सिटमा अग्रता लिएको छ ।

जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र

जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र

नेपालले जैविक हतियारसम्बन्धी महासन्धिमा विसं २०२८ चैत २८ मा हस्ताक्षर गरेको थियो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जैविक हतियारसम्बन्धी महासन्धि अनुमोदन गरेको प्रस्ताव औपचारिक रुपमा यही कात्तिक २ गते नेपालको व्यवस्थापिका–संसदमा टेबल गर्नुभएको थियो । त्यसपछि संसदले कात्तिक ७ गते प्रस्ताव अनुमोदन गरेको हो । 
त्यसअघि मन्त्रिपरिषदले विसं २०७२ पुस १७ गते प्रस्तावलाई राष्ट्रिय कानुनअनुसार अनुमोदन गर्ने निर्णय गरेको थियो ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धिताल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले जेनेभामा यही कात्तिक ७ देखि आगामी मङ्सिर १० सम्म भइरहेको उक्त महासन्धिको आठौँ समीक्षा सम्मेलनमा भाग लिइरहेको छ ।
जैविक हतियारसम्बन्धी महासन्धिले सबै प्रकारका विनाशकारी हतियार, जैविक, परमाणु र रासायनिक हतियारको समयबद्ध तरिकाले निःशस्त्रीकरणमा योगदान पुग्ने नेपालको दृढ विश्वास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ