Tuesday, December 13, 2016

विविध समसामयीक

साकेला नाच्दै उधौली पर्व मनाउँदै किराँत राई

·       किराँत राईको साँस्कृतिक पर्व साकेला मंसिर २८ मंगलबारदेखि सुरु भएको छ । घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किराँत राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । 
·       देशका विभिन्न जिल्लामा बसोबास गर्ने किराँत राई साकेला सिलीको तालमा नाच्दै, रमाउँदै उधौली मनाइरहेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किराँत विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गरिमनाइन्छ ।
·       पैयूँ फूलेको समयमा चरा र खोलाका माछाहरु दक्षिणतिर लाग्ने बेला अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको किराँत राई यायोक्खा, भोजपुरका अध्यक्ष पावीहाङ्ग राईले बताउनुभयो । त्यस्तै गुराँस वा आरु फूलेको याम, जुनबेला चरा तथा खोलाका माछाहरु उत्तरतिर लागेको बेला बाली लगाउने याम मानेर अन्नबाली सप्रयोस्, सहकाल होस् भन्ने कामना गर्दै उभौली पर्व मनाइने गरेको उहाँले जानकारी दिनुभयो ।
·       मान्छेलाई  खेती गर्ने ठाउँ दिने प्रकृति र  खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु, चूल्होमा कुखुराको बलि दिनु र  ढोलझ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईले बताउनुहुन्छ ।
·       प्रकृतिलाई खुसी राख्नका लागि किराँत राई समुदाय बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् । उधौली पर्वमा किराँत राईहरु आफ्नो पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टिका लगाउने, बिहान काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् ।

   रोनाल्डोले जिते बालोन डीओर २०१६

·       रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डीओर २०१६ अवार्ड जितेका हुन् । 
·       पोर्चुगलका रोनाल्डोले योसँगै चार पटक बालोन डीओर जितेका छन् । मेस्सीले गएको वर्ष पाँचौं पटक बालोन डीओर जितेका थिए । रोनाल्डोले सात सय ४५ मत पाएका हुन                                                                                          mitra ghimire
·       एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । 
·        फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि अवार्ड प्रदान गर्दै आएको छ । तर गएको ६ सिजन सन २०१०देखी विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा फिफा बालाने डीओर प्रदान गरिँदै आएको थियो । तर सन २०१६को  सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि म्यागजिन एक्लैले बालोन डीओर प्रदान गरेको हो । यस्तै फिफाले पनि आउँदो जनवरी ९ मा वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ । 
·         रोनाल्डोले सन् २००८२०१३ र २०१४ मा पनि बालोन डीओर जितेका थिए

  

   महरेजले जिते अफ्रिकन वर्ष फुटबलर अवार्ड 2016

·       लिसेस्टर सिटीका रियाद महरेजले बिबिसी अफ्रिकन वर्ष फुटबलर २०१६ को अवार्ड जितेका छन् । विश्वभरका समर्थकको मतका आधारमा अल्जेरियाका महरेजले अवार्ड जितेका हुन् । उनले पिएर एमरिक, एन्ड्रे एयु, साडियो माने र याया टुरेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

 

  धान्य पूर्णिमा, किराँत समुदायले उधौली पर्व मनाउँदै

·       २०७३ मंसिर २८ मंगलबार मंसिर शुक्ल पूर्णिमा, यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किराँत समुदायले उधौली पर्व मनाउँदैछन्
·       खाद्यान्नको अभाव नहोस् भन्दै भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ।
·       किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गर्छन । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएका  किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको छ ।
·       यस्तै नेवार समूदायले योमह्री पूर्णिमा मनाएकाहुन । काठमाडौं उपत्यकाको नेवार समुदायमा ४ सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास रही आएको छ ।
·       जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

     युएईमा महिला सभामुखको सम्मेलन, ३५ देशका महिला सभामुख सहभागी

·       युएई, मंसिर २८ महिला सभामुखहरुको विश्व शिखर सम्मेलन सोमबारदेखि युएईको आबुधाबीमा सुरु भएको छ । ईमीरेट्स प्यालेस आबुधाबीमा भइरहेको सम्मेलनमा विभिन्न देशका ३५ जना महिला सभामुख सहभागी हुनुहुन्छ ।

·        सम्मेलनमा नेपालबाट सभामुख ओनसरी घर्ती मगरस सहभागी भएकी हुन । अहिले विश्वका ५३ देशमा महिला सभामुख रहेका छन ।

No comments:

Post a Comment