Tuesday, December 20, 2016

हात्ती महोत्सव : हात्तीपोलो, हात्ती श्रृंगार र हात्ती सुन्दरी प्रतियोगिता


काठमाडौं, पुस ५ – आगामी ११ देखि १५ गतेसम्म चितवनको सौराहामा १३ औं हात्ती महोत्सव हुने भएको छ । 
 
समाज, संरक्षण र सम्बृद्धि भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवमा हात्तीभोज, हात्तीपोलो, हात्ती श्रृंगार, हात्ती फास्ट वाक प्रतियोगिता, छावा फुटवल प्रतियोगिता र हात्ती सुन्दरी प्रतियोगिता हुने आयोजकले जनाएको छ ।  
हात्ती महोत्सवको बारेमा जानकारी दिन मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मलेनमा महोत्सवको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले क्रिसमस र अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल आउने पर्यटकलाई आकर्षण गर्न जनावर र मानिसको द्वन्द्व न्युनीकरण गर्न महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । 
महोत्वसवमा गाडा दौड, डुंगा दौड, प्रतियोगिताको साथमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिनुभयो । महोत्सवका विभिन्न खेलमा ६३ वटा हात्ती सहभागी गराइनेछ । 

No comments:

Post a Comment