Sunday, December 11, 2016

पुष्पा बनिन् 'सिएनएन सुपर हिरो सन २०१६ डिसेम्बर १२

·      नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन्। यसअघि सीएनएन हिरो घोषित भर्इ सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जनालार्इ पछि पार्दै उनी सुपर हिरो बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएको भोटिङका आधारमा सुपर हिरो छनौट गरिएको सिएनएनले जनाएको छ .
·      अमेरिकी टेलिभिजन सिएनएनले सिएनएन हिरोअवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड आयोजना गरेको हो। सोमबार भएको अवार्ड घोषणा कार्यक्रममा उपाधिसँगै पुष्पालार्इ ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएको जनाइएको छ। 
·      प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दै आएकी उनी २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन्।
·      उक्त रकमको लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि पुतली घरनिर्माण गरेकी छन् । निर्माण कार्य पूरा नहुँदै २०७२ वैशाख १२ को भूकम्पले उक्त भवनमा क्षति पुगेका थियो।
·      जर्मन च्यारिटी नामक संस्थाले सहयोग गरेपछि पुनः पुतली घर निर्माण सम्पन्न गरी बस्नेत र उनीसँगै रहेका बालबालिकाहरु हाल त्यहाँ बसेका छन्।
  1. कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिएर पालन पोषण गरेवापत पुष्पा बस्नेत सीएनएन सुपर हिरोभएकी हुन ।


No comments:

Post a Comment