Thursday, June 1, 2017

फिफा वरियतामा नेपाल १ सय ६९ औँ स्थानमा पुगेको छ ।

फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिँदै १ सय ६९ औँ स्थानमा पुगेको छ । 
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताक्रममा नेपाल चार स्थान सुधार गर्न सफल भएको हो । यसअघि नेपाल १ सय ७३ औँ स्थानमा थियो । 
भारत १ सय औँ स्थानमा रहँदै दक्षिण एसियाको शीर्ष स्थानमा कायमै छ भने नेपाल पाचाँै स्थानमा छ । समान चार अंक तल झरेका माल्दिभ्स १ सय ५६ औँ र अफगानस्तिान १ सय ५८ औँ स्थानमा छ । दुई स्थान तल झरेको भुटान भने १ सय ६६ औँ स्थानमा छ । एक स्थान माथि उक्लिएको बंगलादेश १ सय ९२ औँ स्थानमा छ भने उही अवस्थामा रहेको श्रीलंका १ सय ९७ औँ र एक स्थान सुधार गर्दै २ सय औँ स्थानमा रहेको पाकस्तिान दक्षिण एसियाली फुटबलको पुछारमा छ ।

यी हुन् उत्कृष्ट १५ देश

ब्राजिल 
अर्जेन्टिना 
जर्मनी 
चिली 
कोलम्बिया 
फ्रान्स 
बेल्जियम 
पोर्चुगल
स्वीट्जरल्याण्ड 
स्पेन 
पोल्याण्ड 
इटाली
वेल्स
इंग्ल्याण्ड 
पेरु

No comments:

Post a Comment