Thursday, June 1, 2017

नेपालमा शान्तिको अवस्था खस्कियो, सुचकांकमा १५ स्थान तल

नेपालमा शान्तिको अवस्था खस्किएको एक अध्ययनले देखाएको छ । विश्व शान्ति सुचकांकमा गएको वर्षको तुलनामा नेपाल १५ स्थान तल झरेको छ । 
सन् २०१६ मा ७८ औँ स्थानमा रहेको नेपाल सन् २०१७ मा ९३ औँ स्थानमा पुगेको हो । अष्ट्रेलियाको सिड्नीमा रहेको इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस संस्थाले विश्वका १ सय ६३ देशको अवस्था अध्ययन गर्दै विश्व शान्ति सूचकांक सार्वजनिक गरेको हो । 
राजनीतिक अस्थिरता, भूकम्प पछिको पुनर्निर्माणमा भइरहेको ढिलाइ लगायत कारण नेपालमा शान्तिको अवस्थामा सुधार आउन नसकेको अध्ययनले देखाएको छ । नेपाल सन् २०१५ मा ६२, २०१४ मा ७६, २०१३ मा ८२ र २०१२ मा ८० औँ स्थानमा थियो । 
दक्षिण एसियामा नेपाल चौथो शान्त देश रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा भुटान पहिलो स्थानमा, दोस्रोमा श्रीलंका, तेस्रोमा बंगलादेश रहेको छ । त्यस्तै नेपाल पछि पाचौँ स्थानमा भारत, छैठौँ स्थानमा पाकिस्तान र अफगानिस्तान सातौँ स्थानमा छ । संस्थाले देशभित्र कायम रहेको सद्भावको अवस्था, घरेलु तथा वाह्य द्वन्द्वमा रहेको संलग्नता, सामाजिक सुरक्षा, छिमेकी देशहरुसँगको सम्बन्ध, राजनीतिक स्थीरता, आन्तरिक तथा वाह्य रुपमा विस्थापित नागरिकको संख्या लगायत २२ वटा सूचकांकका आधारमा प्रतिवेदन तयार पारिएको हो 

No comments:

Post a Comment