Saturday, May 6, 2017

क-कसले पाए राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मान ?

क-कसले पाए राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मान ?

 । सूचना तथा सञ्चार मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।
पुरस्कार छनौट समितिले यस वर्षको बरिष्ठ पत्रकार सम्मानबाट बयोबृद्ध पत्रकार मदनमणी दीक्षित सहित चार जनालाई छनौट गरेको छ । बरिष्ठ पत्रकार सम्मान पाउने अन्य पत्रकारमा दाङका नारायणप्रसाद शर्मा, काठमाडौंकी कृष्णा ताम्राकार र तनहुँका विश्वबन्धु भण्डारी छन् ।

त्यस्तै यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार पनि चार जनाले पाएका छन् । यसअघि एक वा दुईजनाले पाउने गरेको पुरस्कार यसपपटक चारजनालाई दिइएको हो ।
राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा उदयपुरका गजेन्द्र बुढाथोकी, बाँकेका सिराज खान, मोरङका शिवबहादुर कार्की र चितवनका गुणशेखर शर्मा छन् ।
दोस्रो राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यो पुरस्कार वितरण हुँदैछ । नेपाल सरकारले अघिल्लो वर्षदेखि गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालेको छ 

No comments:

Post a Comment