Thursday, May 18, 2017

औसत आयुमा जापान पहिलो २०१७

औसत आयुमा जापान पहिलो


जेष्ठ ५, २०७४- विश्वमा कुन–कुन राष्ट्रका नागरिक दीर्घजीवी छन् भन्ने विषयमा संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार जापान पहिलो, सिंगापुर दोस्रो, स्विट्जरल्यान्ड तेस्रो र त्यसलाई पछ्याउँदै अस्ट्रेलिया चौथो स्थानमा छ । नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अस्ट्रेलिया चौथो स्थानमा उक्लेको हो । अस्ट्रेलियाले औसत नागरिक दीर्घजीवनमा विश्व–नेताको उपाधि हासिल गरेको छ ।
सफासुग्घर र प्रदूषणमुक्त नगरमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्त्वहरूले अस्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढाउन टेवा पुर्‍याएको पनि उक्त प्रतिवेदनले औंल्याएको छ । 
यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा विश्वभरिकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा वृद्धि भइरहेको तथ्य विश्व स्वास्थ्य संगठनका प्रवक्ता डा. कोलिन म्याथर्सले अस्ट्रेलियन ब्रोडयास्टिङ कर्पोरेसन (एबीसी) सञ्चारमाध्यमलाई बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका १ सय ९४ सदस्य राष्ट्रमाझ गरिएको अनुसन्धान र परीक्षणबाट यो निष्कर्ष निकालिएको थियो । केही अस्ट्रेलियाली अत्यन्त कडा र निको नहुने खालको दीर्घरोगको सिकार भए तापनि समग्र राष्ट्रिय औसत आयु दरमा भने अस्ट्रेलियाले विश्वका धेरै मुलुकलाई उछिनेको छ ।

1 comment:

  1. ठोस तथ्यांक प्राप्त गर्न पाए अझ सजिलो हुन्थ्यो कि ?

    ReplyDelete