Monday, May 29, 2017

आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार

कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड
१ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत 
२ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत 
३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत
बजेटको स्रोत 
 राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब
साँवा फिर्ताबाट १५ अर्ब
वैदेशिक अनुदानबाट ७२ अर्ब
वैदेशिक ऋण २ खर्ब ऋण
आन्तरिक ऋण १ खर्ब ४५ अर्ब
स्थानीय तह-
निसर्त अनुदान- १ खर्व ४५ अर्ब
ससर्त अनुदान- ७५ अर्ब
कुल अनुदान- २ खर्व २५ अर्ब


मुख्य बुद्धाहरु
१ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन ।
२ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ 
३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ । 
४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड, 
  • नगरपालिकाले १५ देखि ४३ करोड, 
  • उपमहानगरपालिकाले ४० देखि ६३ करोड र 
  • महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोड रुपैयाँसम्म अनुदान दिइनेछ । 

५ भूकम्पपछिको पुनर्निर्माणका लागि बजेटले प्राथमिकतामा राखेको छ । पूनर्निर्माणका लागि १ खर्व ४६ अर्व रुपैयाँको बजेट बिनियोजन गरिएको छ । 
६ . उर्जामा ६२ अर्व ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपालको पानी जनताको लगानीमार्फत ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गरिने योजना छ । कर्मचारीको लगानीमा ५ सय क्षमताको जलविद्युत आयोजना बनाउने योजना छ । 
७. नागढुंगा–नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन गरिएको छ । केरूङ ९काठमाडौंं० पोखरा लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि आवश्यक बजेट छुट्टयाइएको छ ।
८.काठमाडौं तराई द्रुत मार्गका लागि १० अर्व १४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।  सिमरा, भैरहवा र पोखरा विमानस्थलका लागि १३ अर्व ७३ करोड रुपैयाँ बिनियोजन गरिएको छ । 
९.माथिल्लो तामाकोशीका लागि ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्व १७ करोड विनियोजन गरिएको छ । उत्तर दक्षिण लोकमार्गलाई २ अर्ब ३ करोड विनियोजन गरिएको छ ।
१०. डोल्पालाई एक वर्षभित्र सडक सञ्जालमा जोड्ने । पूर्व पश्चिम रेलका विस्तृत परियोजना प्रतिवेनदन तयारी गरिने, यसका लागि ४ अर्ब २ करोड विनियोजन गरिएको छ ।
११ . मेलम्चीबाट दैनिक ७१ करोड लिटर पानी काठमाडौं ल्याउने । यसका लागि ६ अर्ब ५७ करोड विनियोजन । राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।
  • माथिल्लो तामकोशी आगामी वर्षभित्र सकिने ४५६ मेगावाटको लागि  ५० करोड 
  • बुढगण्डकीको लागि १० अर्व १७ करोड, 
  • सिक्टा सिँचाइ २ वर्षभित्र सक्ने, ५ अर्व १६ करोड, 
  • हुलाकी राजमार्गको लागि ४ अर्ब २७ करोड विनियोजन, 
  • कालिगण्डकी करिडोर, उत्तरदक्षिण लोकमार्गको लागि २ अर्व ३ करोड, 
  • हुम्लामा र डोल्पामा सडक जोड्न ३० करोड, ४ अर्व ३ करोड 
  • मध्यपहाडी, रेलमार्गको लागि ४ अर्व २ करोड,  
  • पशुपती र लुम्बिनी र गुरुयोजनाको लागि १ अर्व १६ करोड, 
  • राष्ट्रपति चुरो संरक्षण १ अर्व ९३ करोड रुपैयाँ, 

No comments:

Post a Comment