Friday, May 19, 2017

सुनसरीको संस्था कैटीके बेल्टले २ करोड ४० लाख जित्यो

नेपाली परियोजनालाई दुई करोड ४० लाखको पुरस्कार

-जेष्ठ ५, २०७४- जैविक विविधता एवम् वन्यजन्तु संरक्षणसम्बन्धी एक नेपाली परियोजनाले झण्डै दुई लाख चालीस हजार अमेरिकी डलर अर्थात् दुई करोड ४० लाख बढी रकम बराबरको पुरस्कार जितेको छ । केटिक बेल्ट इन्कको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले ‘द क्राउडराईज अर्थ डे रोडम्याप कलाईमेट च्यालेन्ज’मा दोस्रो स्थान प्राप्त गर्दै सो रकम जित्न सफल भएको हो । पर्यावरणसम्बन्धी यो अनलाईन प्रतिस्पर्धामा विभिन्न मुलुकमा परियोजनाहरुले सहभागी हुन्छन् भने सबैभन्दा बढी चन्दा संकलन गर्ने परियोजना पुरुस्कृत हुने गर्छ ।
चार सय ४१ दाताहरुले ‘भर्टिकल युनिभर्सिटी’ परियोजनालाई एक लाख ५७ हजार सात सय ८२ डलर सहयोग गरेका थिए । जसमा सबैभन्दा धेरै अमेरिकाबाट सहयोग गरिएको थियो । दोस्रो स्थान प्राप्त गरेबापत परियोजनाले थप ७५ हजार डलर जितेको छ भने चार हजार डलरको मिनी च्यालेन्ज पुरस्कार र तीन हजार डलरको अफलाईन चन्दासहित कूल दुई लाख ३९ हजार सात सय ८२ डलर संकलन गर्न सफल भएको छ । च्यालेन्जमा इण्डोनेसियास्थित बालीको ग्रीन स्कुलले पहिलो स्थान प्राप्त गरेको थियो ।
जैविक विविधता र वन्यजन्तु संरक्षणलाई मध्यनजर गरिएको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले नेपालको पूर्वी क्षेत्रको ६७ मिटरको कोसी टप्पुदेखि आठ हजार पाँच सय ८६ मिटरको कञ्चनजंगा क्षेत्र समेटेको छ । सन् २०१४ मा केटिक बेल्ट इन्कले यो परियोजना बनाएको थियो भने करिब एक महिनादेखि ‘रोडम्याप कलाईमेट च्यालेन्ज’ प्रतिस्पर्धी थियो । परियोजनाको सहसंयोजकद्वय प्रियंका विष्ट, राजीव गोयललगायत एघार देशका चालीस स्वयम्‌सेवकहरु परियोजनालाई जिताउन सक्रिय थिए । सांगीतिक कार्यक्रम, मम पार्टी, भेला, टेलिफोनमार्फत सहयोगको लागि आह्वान गरिएको थियो ।

No comments:

Post a Comment