Sunday, May 28, 2017

अफजल हुसेन वर्षकै सर्वोत्कृष्ट किसान ------२०७३

जेष्ठ १४, २०७४- 
कृषि क्षेत्रकै सबैभन्दा ठूलो धनराशी भएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार यसवर्ष सर्लाही पिडारीका माछापालक किसान अफजल हुसेनलाई दिइने भएको छ । यो पुरस्कारका लागि छानिएका हुसेन तेस्रो किसान हुन् । 
यो पुरस्कारको पहिलो संस्करण कैलालीको टिकापुरमा १० विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएका कालु हमाललाई प्रदान गरिएको थियो भने दोस्रो कास्की लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका किसान इमान बहादुर गुरूङलाई प्रदान गरिएको थियो । सरकारले कृषक र कृषिलाई प्रोत्साहन दिन आर्थिक वर्ष ०७०/७१ को बजेटमार्फत हरेक वर्ष उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । यो पुरस्कार हरेक वर्ष असार १५ गते धान दिवसका दिन काठमाडौंमा प्रदान गरिन्छ ।
त्यसैगरी यस वर्षको १ लाख रुपैया राशी भएको उत्कृष्ट किसान पुरस्कारका लागि चार जना किसान छानिएका छन् । यस्मा 
१ बेलहानी नवलपरासीमा तरकारी खेती गर्दै आएका थम बहादुर रजाली मगर, 
२ चिपुर डडेल्धुरामा बाख्रा पालन गर्दै आएका खडकसिह विष्ट, 
३ कुरुम्बा पाचथरमा सुन्तला खेती गर्दै आएकी इन्द्र कुमारी लावती र 
४ माछाको प्रजनन फार्मिङ्ग गर्दै आएका नेपालगंजका सुमेर शमशेर जबरा छन् । 


No comments:

Post a Comment