Monday, September 4, 2017

चर्या नाँचको एक किम्बदन्ति कथन

बुद्ध धर्मसँग सम्बन्धित लोपोन्मुख नाच चर्या नृत्य भनेको बुद्ध धर्मको तान्त्रिक विधाको एक कला प्रस्तुति हो ।यसमा कलाकारले ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिन्छन्। नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसाथ गरी नृत्यमा प्रस्तुत गरिन्छ । संस्कृत नृत्य गर्नुअघि हरेक कलाकारले श्लोकमा मन्त्रोचारण गर्दै आफ्ना आस्थाका देवदेवीप्रति भक्तिभावले प्रार्थना गर्छन् । त्यसैले यस नृत्यका लागि आत्मिक रूपमा पनि कलाकार अध्यात्मप्रति समर्पित हुन आवश्यक छ,’ ‘जनमानसमा बोधिज्ञान प्रवाह गर्ने विशुद्ध एवं सशक्त माध्यमका रूपमा पहिलेपहिले बोधिसत्वहरूले चर्या गीत र चर्या नृत्य प्रयोगमा ल्याउने र यसका प्रथम रचनाकार, संगीतकार तथा गायक महामञ्जुश्री हुन् भन्ने विश्वास रहेको छ ।

No comments:

Post a Comment