Friday, March 24, 2017

खुशी सुचकांकमा नेपाल

नेपाल दक्षिण एशियामा खुशी रहने तेस्रो देश, विश्वको ९९ औँ, नर्वे विश्वकै खुशी देश

२०७३  चैत ७ दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ । खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने राष्ट्रको तेस्रो स्थानमा परेको हो । 
गएको वर्षको तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ । गएको वर्ष १ सय ७ औं स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा उक्लेको हो । १ सय ५५ देशको सूचीमा दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ । उसले भुटानलाई पछि पार्दै दक्षिण एशियाको शीर्ष स्थानमा आएको हो ।  

१ सय ५५ देशमध्ये पाकिस्तान ८० औं स्थानमा छ भने भुटान ९७ औं स्थानमा छ । यस्तै १ सय १० औँ स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठाैँ स्थानमा छ । नेपालको उत्तर छिमेकी चीन भने ७९ औं स्थानमा छ । 

No comments:

Post a Comment