Friday, March 24, 2017

विविध समसामयिक जानकारी

  • सन् २०१७ मार्च २१मा स्वीडेनबाट विश्वव्यापी सार्वजनिक गरिएको मानव विकास सुचकांक सन् २०१६ को प्रतिवेदन अनुसार नेपाल १४४ औं स्थानमा रहेको छ । गत वर्ष नेपाल १४५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये मध्यम मानव विकास भएका मुलुक नेपाल सहित भारत, भुटान, बंगलादेश र पाकिस्तान परेका छन् । अफगानिस्तान भने निम्न मानव विकास भएका मुलुकमा परेको छ भने श्रीलंका र माल्दिभ्स भने उच्च मानव विकास भएका मुलुकमा परेका छन् ।
  • दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये कुन कुन देश मानव विकास सूचकाङ्क २०१६मा उच्च मानव विकास भएका मुलुकमा परेका छन् ? श्रीलंका र माल्दिभ्स
  •  मानव विकास सूचकाङ्क २०१६ अनुसार निम्न मानव विकास भएको मुलुकबाट नेपाल कस्तो मानव विकास भएको मुलुकको सूचीमा पुगेको छ ? मध्यम
  •  मानव विकास सूचकाङ्क २०१६ अनुसार नर्वे सबैभन्दा उच्च मानव विकास भएको मुलुकमा परेको छ भने सबैभन्दा कमजोर मानव विकास सूचक भएको मुलुकमा कुन परेको छ ? सेन्ट्रल अफ्रिकन रिपब्लिक
  •  सिएनएनले जारी गरेको विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको कुन ठाउँ परेको छ ? भोटेकोशी
  •  वेलायती आर्थिक पत्रिका द इकोनोमिस्टले सार्वजनिक गरेको विश्वको सबैभन्दा महँगो शहरको सूचीको शीर्ष स्थानमा कुन शहर परेको छ ? सिङ्गापुर
  •  फोब्र्स पत्रिकाले जारी गरेको विश्वका अर्बपतिको सूची२०१७ मा पहिलो नम्बरमा परेकी महिला को हुन् ? लिलियोन बुटेनकोर्ट (फ्रान्स)
  • ब्यवस्थापिका संसदबाट हालै पारित भएको दलसम्बन्धी विधेयक अनुसार कुनै पनि दलले राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभा निर्वाचनमा केके मापदण्ड पूरा गर्नुपर्ने ब्यवस्था छ ? प्रत्यक्ष निर्वाचनमा कम्तिमा एक सीट जितेको र समानुपातिक तर्फ कूल मतको ३५ मत पाएको ।
  • दल सम्बन्धी कानून अनुसार राष्ट्रिय दलको मान्यता पाउन न्यूनतम आधार पु¥याउन नसक्ने दलको सांसदको हैसियत कस्तो रहन्छ ? स्वतन्त्र सरह
  • वेलायतको लण्डनमा अवस्थित वेलायती संसद भवनमा आतंककारी आक्रमण कहिले भयो ? २२ मार्च २०१७
  •  विश्व सामाजिक कार्य दिवस कहिले मनाईयो ? २०७३ चैत ९
  •  सन् २०१७ मार्चमा भारतको उत्तर प्रदेशका मूख्य मन्त्रीको रुपमा वियुक्त भए पश्चात विश्व चर्चामा रहेका ब्यक्ति को हुन् ? योगी आदित्यनाथ.

No comments:

Post a Comment