नेपाल दक्षिण एशियामा खुशी
रहने तेस्रो देश, विश्वको ९९ औँ, नर्वे
विश्वकै खुशी देश
२०७३ चैत
७ – दक्षिण एशियामा नेपाल खुशी रहने तेस्रो राष्ट्र बनेको छ
। खुशीसम्बन्धी विश्व प्रतिवेदन २०१७ काअनुसार दक्षिण एशियामा नेपाल खुशी हुने
राष्ट्रको तेस्रो स्थानमा परेको हो ।
गएको वर्षको
तुलनामा नेपाल खुशी हुने राष्ट्रको सूचिमा पनि माथि चढेको छ । गएको वर्ष १ सय ७ औं
स्थानमा रहेको नेपाल अहिले ९९ औं स्थानमा उक्लेको हो । १ सय ५५ देशको सूचीमा
दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुशी राष्ट्र बनेको छ । उसले भुटानलाई पछि
पार्दै दक्षिण एशियाको शीर्ष स्थानमा आएको हो ।
१ सय ५५
देशमध्ये पाकिस्तान ८० औं स्थानमा छ भने भुटान ९७ औं स्थानमा छ । यस्तै १ सय १० औँ
स्थानमा रहेको बंगलादेश दक्षिण एशियामा चौथो, १ सय २० औँ स्थानमा रहँदै
श्रीलंका पाँचौ र १ सय २२ औँ स्थानमा रहँदै भारत दक्षिण एशियामा छैठाैँ स्थानमा छ । नेपालको उत्तर छिमेकी चीन भने ७९ औं स्थानमा छ ।