Monday, November 14, 2016

नयाँ एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक २०७३ साल असोज १४ गते


Ø सरकारले अलैंची, अदुवा, औषधीजन्य जडीबुटी लगायत १२ क्षेत्रलाई निर्यातयोग्य मान्दै मुख्य प्राथमिकतामा राखेर एकीकृत व्यापार रणनीति२०१० संशोधन गरी नयाँ एकीकृत व्यापार रणनीति२०१६ ल्याएको छ।
·        नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गर्दै वाणिज्य मन्त्रालयले कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडीबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।
·        यस्तै, एकीकृत व्यापार रणनीति२०१६ ले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, ऊनका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको छ। यिनलाई एकीकृत व्यापार रणनीति२०१० को रणनीतिमा पनि निर्यातजन्य वस्तुका रुपमा राखिएको थियो।
·        विविध समस्याका बाबजुद पछिल्लो वर्ष नेपालले केही वस्तुको निर्यातमा प्रगति गरेको  छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्का अनुसार नेपालले गत आर्थिक वर्ष २०७१/०७२ मा गलैंचा, धागो, फलाम तथा स्टिलका वस्तु, अलैंची, टेक्सटाइल, जुस, ऊन तथा पस्मिनाका सल, जुट ब्याग, मुसुरो दाल, टुथपेस्ट, जडीबुटी र जुत्ताचप्पल अर्बभन्दा बढीको निर्यात गरेको छ।
·        गत आर्थिक वर्षमा ऊनका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ। केन्द्रको तथ्यांकका अनुसार नेपालले वर्षभरिमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको ऊनका गलैंचा निर्यात गरेको छ। यो अघिल्लो आवको भन्दा १६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा नेपालले ७ अर्ब रुपैयाँको गलैंचा निर्यात गरेको थियो।
·        यस्तै, गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटे पनि नेपालले ४ अर्ब अर्ब ६६ करोड रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ।
·        त्यसैगरी, गत आर्थिक वर्षमा मुलुकले ५ अर्ब ८८ करोड रुपैयाँको तयारी पोसाक निर्यात गरेको थियो भने ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो। रणनीतिले निर्यात प्राथमिकतामा राखेको अलैंची गत वर्ष ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

No comments:

Post a Comment