Thursday, November 10, 2016

जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र

जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र

नेपालले जैविक हतियारसम्बन्धी महासन्धिमा विसं २०२८ चैत २८ मा हस्ताक्षर गरेको थियो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जैविक हतियारसम्बन्धी महासन्धि अनुमोदन गरेको प्रस्ताव औपचारिक रुपमा यही कात्तिक २ गते नेपालको व्यवस्थापिका–संसदमा टेबल गर्नुभएको थियो । त्यसपछि संसदले कात्तिक ७ गते प्रस्ताव अनुमोदन गरेको हो । 
त्यसअघि मन्त्रिपरिषदले विसं २०७२ पुस १७ गते प्रस्तावलाई राष्ट्रिय कानुनअनुसार अनुमोदन गर्ने निर्णय गरेको थियो ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धिताल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले जेनेभामा यही कात्तिक ७ देखि आगामी मङ्सिर १० सम्म भइरहेको उक्त महासन्धिको आठौँ समीक्षा सम्मेलनमा भाग लिइरहेको छ ।
जैविक हतियारसम्बन्धी महासन्धिले सबै प्रकारका विनाशकारी हतियार, जैविक, परमाणु र रासायनिक हतियारको समयबद्ध तरिकाले निःशस्त्रीकरणमा योगदान पुग्ने नेपालको दृढ विश्वास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ  

No comments:

Post a Comment