Monday, November 28, 2016
एशिया कप क्रिकेट
Asia cup cricket
|
एशिया कप महिला क्रिकेट
|
सुरुवात सन १९८४ बाट प्रथम खेल
दुबई मा भएको थियो ।
|
प्रथम सन २००४ मा श्रीलंकामा आयोजना गरिएको
|
सन २०१६ को फेब्रुअरी २४ देखी मार्च ६ सम्म
|
सन २०१२ मा अक्टुबर ४ देखी ३१
सम्म चिनको गोन्जाओ मा भएको जसमा भारत बिजेता भएको
|
स्थानः बंगलादेश
|
एशिया कप महिला क्रिकेट २०१६
|
बिजेताः भारत
|
मिति २०१६ को नोभेम्बर २७ देखी
|
म्यान अफ दि सिरिजः Sabbir
Rahman बंगलादेश
|
स्थानः बैङ्कक थाइल्याण्ड
|
सन २०१८ मा भारतमा आयोजना हुदै छ
।
|
Mitra ghimire blog
|
AFC सोलिडारिटी कप २०१६
|
|
सन २०१६ नोभेम्बर २-१५ सम्म
|
विजेताः नेपाल उपविजेता मकाओ
|
सहभागी देशः ७
|
Best player Leong Ka Hang ,मकाओ
|
स्थानः मलेशिया
|
Fair Play Award - लाओस
|
Sunday, November 27, 2016
देशकै लामो झोलुङ्गे पुल आजदेखि सञ्चालनमा
- पर्वतको मोदीखोलामा नेपालकै अग्लो स्थानको लामो झोलुङ्गे पुल मानिएको छ । पर्वत सदरमुकाम कुश्मालाई पर्वतकै फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलव ७० मिटर अग्लो र ३ सय ५९ मिटर लामो कुश्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण भएको हो ।
- बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलबाट जम्मा १ सय मिटर नजिकै यो पुलको निर्माण भएकाले थप पर्यटक भित्र्याउन सहयोग हुने अपेक्षा गरिएको छ । कुश्मा–कैया झोलुङ्गे पुल १ सय ५९ मिटर अग्लो र ३ सय ४७ मिटर लामो छ । mitra ghimire
Wednesday, November 16, 2016
Monday, November 14, 2016
नयाँ एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक २०७३ साल असोज १४ गते
Ø सरकारले अलैंची,
अदुवा,
औषधीजन्य
जडीबुटी लगायत १२ क्षेत्रलाई निर्यातयोग्य मान्दै मुख्य प्राथमिकतामा राखेर एकीकृत
व्यापार रणनीति–२०१० संशोधन गरी नयाँ एकीकृत व्यापार रणनीति–२०१६ ल्याएको
छ।
·
नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गर्दै वाणिज्य मन्त्रालयले
कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा,
चिया र
औषधीजन्य जडीबुटी,
औद्योगिक
उत्पादनतर्फ कपडा,
छाला, जुत्ता, गलैंचा, पस्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र
अर्धदक्ष जनशक्ति,
सूचना प्रविधि
र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।
·
यस्तै,
एकीकृत व्यापार
रणनीति–२०१६ ले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, ऊनका उत्पादन र चाँदीका गहनालाई पनि
निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको छ। यिनलाई एकीकृत व्यापार रणनीति–२०१० को रणनीतिमा पनि निर्यातजन्य
वस्तुका रुपमा राखिएको थियो।
·
विविध समस्याका बाबजुद पछिल्लो वर्ष नेपालले केही वस्तुको निर्यातमा
प्रगति गरेको
छ। व्यापार तथा
निकासी प्रवर्द्धन केन्›का अनुसार नेपालले गत आर्थिक वर्ष
२०७१/०७२ मा गलैंचा,
धागो, फलाम तथा स्टिलका वस्तु, अलैंची, टेक्सटाइल, जुस, ऊन तथा पस्मिनाका सल, जुट ब्याग, मुसुरो दाल, टुथपेस्ट, जडीबुटी र जुत्ता–चप्पल अर्बभन्दा बढीको निर्यात गरेको
छ।
·
गत आर्थिक वर्षमा ऊनका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ।
केन्द्रको तथ्यांकका अनुसार नेपालले वर्षभरिमा ८ अर्ब ६ करोड रुपैयाँ बराबरको ऊनका
गलैंचा निर्यात गरेको छ। यो अघिल्लो आवको भन्दा १६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक
वर्षमा नेपालले ७ अर्ब रुपैयाँको गलैंचा निर्यात गरेको थियो।
·
यस्तै,
गत वर्ष फलाम
तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटे पनि नेपालले ४ अर्ब अर्ब ६६ करोड
रुपैयाँको फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको छ।
·
त्यसैगरी,
गत आर्थिक
वर्षमा मुलुकले ५ अर्ब ८८ करोड रुपैयाँको तयारी पोसाक निर्यात गरेको थियो भने ५
अर्ब ३६ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो। रणनीतिले निर्यात
प्राथमिकतामा राखेको अलैंची गत वर्ष ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको
थियो।
Thursday, November 10, 2016
ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिमा विजयी
सन २०१६ नोभेम्बर०९ – रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । मंगलबार भएको मतदानको अन्तिम नतिजा अनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पछि पारेर राष्ट्रपतिमा विजयी भएका हुन् । राष्ट्रपतिमा विजयी हुन दुई सय ७० इलेक्ट्रोल चाहिनेमा ट्रम्पको पक्षमा २७६ इलेक्ट्रोल परेको छ । यस्तै डेमोक्र्याटिक क्लिन्टनको पक्षमा २१८ इलेक्ट्रोल परेको छ । मुख्य प्रतिस्पर्धा र नतिजाका लागि महत्वपूर्ण रहेको पेन्सिलभेनिया, फ्लोरिडा, नर्थ क्यारोलिना, ओहायो, लोवासहितका राज्यमा पराजित हुनु क्लिन्टनका लागि घातक बन्यो । अब केही राज्यको मात्रै नतिजा आउन बाँकी छ ।
हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत
रिपब्लिक पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याएको छ । बहुमतका लागि दुई १८ सिट चाहिनेमा रिपब्लिकन पार्टीले दुई सय ३४ सिटमा जित निकालेको छ । डेमोक्र्याटिक पार्टीले एक सय ७६ सिटमा जित निकालेको छ । अब केही सिटको नतिजा आउन बाँकी छ ।
सिनेटमा पनि रिपब्लिकन पार्टी बहुमतको नजिक छ । बहुमतका लागि ५१ सिट चाहिनेमा रिपब्लिकनले ५१ सिटमा अग्रता लिएको छ । यस्तै डेमोक्र्याटिक पार्टीले ४७ सिटमा अग्रता लिएको छ ।
हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत
रिपब्लिक पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याएको छ । बहुमतका लागि दुई १८ सिट चाहिनेमा रिपब्लिकन पार्टीले दुई सय ३४ सिटमा जित निकालेको छ । डेमोक्र्याटिक पार्टीले एक सय ७६ सिटमा जित निकालेको छ । अब केही सिटको नतिजा आउन बाँकी छ ।
सिनेटमा पनि रिपब्लिकन पार्टी बहुमतको नजिक छ । बहुमतका लागि ५१ सिट चाहिनेमा रिपब्लिकनले ५१ सिटमा अग्रता लिएको छ । यस्तै डेमोक्र्याटिक पार्टीले ४७ सिटमा अग्रता लिएको छ ।
जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र
जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र
काठमाडौं, कात्तिक १९– सन २०१६ नोभेम्बर ०४ का दिन नेपालले ‘जैविक तथा विषादी हतियारको विकास, उत्पादन र भण्डारणलाई निषेध गर्ने एवम् तिनीहरुको भण्डारणको समाप्ति गर्ने सम्बन्धी महासन्धि’ लाई अनुमोदन गरी १७७ औं पक्ष राष्ट्र बनेको छ ।
नेपालले जैविक हतियारसम्बन्धी महासन्धिमा विसं २०२८ चैत २८ मा हस्ताक्षर गरेको थियो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जैविक हतियारसम्बन्धी महासन्धि अनुमोदन गरेको प्रस्ताव औपचारिक रुपमा यही कात्तिक २ गते नेपालको व्यवस्थापिका–संसदमा टेबल गर्नुभएको थियो । त्यसपछि संसदले कात्तिक ७ गते प्रस्ताव अनुमोदन गरेको हो ।
त्यसअघि मन्त्रिपरिषदले विसं २०७२ पुस १७ गते प्रस्तावलाई राष्ट्रिय कानुनअनुसार अनुमोदन गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धिताल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले जेनेभामा यही कात्तिक ७ देखि आगामी मङ्सिर १० सम्म भइरहेको उक्त महासन्धिको आठौँ समीक्षा सम्मेलनमा भाग लिइरहेको छ ।
जैविक हतियारसम्बन्धी महासन्धिले सबै प्रकारका विनाशकारी हतियार, जैविक, परमाणु र रासायनिक हतियारको समयबद्ध तरिकाले निःशस्त्रीकरणमा योगदान पुग्ने नेपालको दृढ विश्वास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ
Subscribe to:
Posts (Atom)