Saturday, November 18, 2017

६७ औ MISS World २०१७

<को उपाधी भारतकी Manushi Chillar भएकी छन । आयोजना भएको स्थान -चिनको sanya मा सहभागी संख्या ११८ देशका नेपालबाट सहभागी -Nikita Chandak उनी समग्रमा TOP 40 परेकी छन

संयुक्त राष्ट्रसंघको जलवायु वार्ता COP- २३ सम्पन्न २०१७

Friday, November 17, 2017

अभ्यासको लागि २०७४ साल कार्तिक २५ गते लिएको नेपाल प्रहरी तर्फको प्रहरी निरक्षक पदको परिक्षामा सोधिएका प्रश्नहरु ।।।

१. राणाकालमा सरकारले आय-व्ययको लेखा राख्ने र लेखापरीक्षण गर्ने अड्डालाई के भनिन्छ ? A. कचहरी B. फारसखाना C. कौषि तोषाखाना D. कुमारीचोक २. किराँतहरुको धर्मग्रन्थलाई के भनिन्छ ? A. फेदाङ्मा B. मुन्धुम C. किराँतेश्वर D. सिकन्दर ३. तल दिईएका ताल र जिल्लामध्ये कुन चाँही जोडा अमिल्दो छ ? A. नन्द भाउजु-चितवन B. घोडाघोडी-कैलाली C. बीसहजारी-रुकुम D. बुलबुले-सुर्खेत ४. बैष्णवी स्वरुपाको नामले चिनिने नदी कुन हो ? A. त्रिशुली B. कर्णाली C. मादी D. सेती ५. नेपालको संविधानमा प्रदेश, गाउँपालिका वा नगरपालिकाबीच कुनै राजनीतिक विवाद उत्पन्न भएमा विवादको सामाधान गर्न कार्यको जिम्मेवारी कसको हुन्छ ? A. संघीय व्यवस्थापिका B. सर्वोच्च अदालत C. प्रदेश सभा D. प्रदेश मुख्यमन्त्री ६. वर्तमान नेपालको संविधान बमोजिम प्रतिनिधि सभामा कति सदस्य हुन्छन् ? A. ३६५ B. ६०१ C. २७५ D. माथिको कुनै होइन ७. "Knowledge is Virtue and Virtue is Knowledge" यो कसको भनाइ हो ? A. चाणक्य B. सुकरात C. अरस्तु D. कौटिल्य ८. नेपाली साहित्यमा अस्वीकृत कवि कसलाई भनिन्छ ? A. भक्तराज आचार्य B. कविताराम श्रेष्ठ C. फणिन्द्र नेपाल D. सिद्धिदास अमात्य ९. आ.व. 2072/73 मा नेपालको वार्षिक औसत आर्थिक वृद्धिदर कति थियो ? A. 0.07 B. 0.77 C. 1.77 D. 7.75 १०. नेपालमा पहिलो जनमत संग्रहको घोषणा कहिले भएको थियो ? A. 2036।१।१० B. 2036।१।२० C. २०३६।२।१० D. २०३७।२।२० ११. सन् २०१६ को पारा-ओलम्पिक खेल कुन देशले आयोजना गरेको थियो ? A. अमेरिका B. फ्रान्स C. जापान D. ब्राजिल १२. प्रथम र पाँचौ दक्षिण एशियाली खेलकूद् प्रतियोगिता क्रमशः कुन कुन शहरमा सम्पन्न भएको थियो ? A. काठमाण्डौ र ढाका B. कोलकाता र ईस्लामावाद C. मद्रास र ढाका D. काठमाण्डौ र कोलम्वो १३. "Cockpit of Europe" कुन देशको भौगोलिक उपनाम हो ? A. इटली B. बेल्जियम C. जर्मनी D. फ्रान्स १४. हाल नेपाल सरकारले कुन कुन २ जिल्लालाई टुक्रयाएको छ ? A. रुपन्देही र रुकुम B. नवलपरासी र रुकुम C. चितवन र पर्सा D. वाग्लुङ्ग र रुकुम १५. क्षेत्रफलको आधारमा तलका मध्ये ठुलो देखि सानोको कुन क्रम ठिक छ ? A. अष्ट्रेलिया-दक्षिण अमेरिका-यूरोप-अफ्रिका B. दक्षिण अमेरिका-अफ्रिका-यूरोप-अष्ट्रेलिया C. अफ्रिका-यूरोप-दक्षिण अमेरिका-अष्ट्रेलिया D. अफ्रिका-दक्षिण अमेरिका-यूरोप-अष्ट्रेलिया १६. बिमस्टेक (BIMSTEC) मा कति सदस्य राष्ट्र आवद्ध छन ? A. पाँच B. छ C. सात D. आठ १७. नेपालले INTERPOL को सदस्यता कहिले प्राप्त गरेको हो ? A. सन् 1965 B. सन् 1966 C. सन् 1967 D. सन् 1968 १८. उत्तर कोरियाले जापानमाथि दोस्रो मिसाइल कहिले परीक्षण गर्यो ? A. 10 Sep. 2017 B. 15 Sep. 2017 C. 20 Sep. 2017 D. 25 Sep. 2017 १९. तल दिईएका आविष्कार र वैज्ञानिकको जोडा कुनचाँहि अमिल्दो छ ? A. माईक्रोफोन-एमिल वर्लिनर B. अक्सिजन-जे प्रिष्टले C. मेशिनगन-गुटेन वर्ग D. टेलिभिजन-जे एल वेयर्ड २०. Asian Game-2014 मा कुन देशले "Women's Cricket" मा स्वर्ण पदक जितेको थियो ? A. भारत B. जापान C. चीन D. पाकिस्तान २१. सन् 1896 मा ग्रीसको एथेन्समा भएको पहिलो ओलम्पिक खेलमा कति राष्ट्र सहभागी भएका थिए ? A. 12 B. 14 C. 10 D. 22 २२. प्रहरी सेवाको राजपत्रांङ्कित पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दिईने अधिकतम अंकको व्यवस्थासँग कुनचाहि खेल खाँदैन ? A. का.स.मू वापत-40 अंक B. विभूषण वापत-5 अंक C. चुनौतीपूर्ण कार्य वापत-5 अंक D. शैक्षिक योग्यता वापत-10 अंक २३. पालो पहरामा रहेको प्रहरी कार्मचारीले आफ्नो जिम्मा रहेको हातहतियार आक्रमणकारीलाई सुम्पिई मद्दत गरेमा कति सजाँय हुने व्यवस्था छ ? A. आजन्म कैद B. 14 वर्ष कैद र २ वर्षको तलब बराबर जरिवाना C. आजन्म कैद वा १४ वर्ष कैद वा ३ वर्षको तलब बराबर जरिवाना D. आजन्म कैद वा १० वर्ष कैद वा ४ वर्षको तलब बराबर जरिवाना २४. सार्वजनिक स्थलहरुमा सवारीसाधनको आवागमनलाई व्यवस्थित बनाउने प्रयोजनको लागि ट्राफिक संकेतहरु राख्न लगाउने जिम्मेवारी कसको हुन्छ ? A. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय B. यातायात व्यवस्था विभाग C. प्रहरी प्रधान कार्यालय D. ट्राफिक प्रहरी कार्यालय २५. महिलाको मानव अधिकार संरक्षणको अन्तर्राष्ट्रिय दस्तावेजको रुपमा रहेको "Convention on Elimination of All forms of Discrimination Against Women" (CEDAW) लाई नेपालले कहिले अनुमोदन गरेको हो ? A. सन् १९९० B. सन् १९९१ C. सन् १९९२ D. सन् १९९३

महत्वपूर्ण तस्बिर