Monday, May 29, 2017

स्याङ्जा जिल्लाको बजेट


बजेट २०७४/२०७५ को पूर्ण पाठ

https://drive.google.com/file/d/0B3G21MYwTKokdk8xalp0aG54eGM/view

आगामी आव २०७४/२०७५ को बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार

कुल बजेट- १२ खर्ब ७८ अर्ब ९९ करोड
१ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड अथवा ६२ दशमलब ८ प्रतिशत 
२ पूँजीगत- ३ खर्ब ३५ अर्ब २७ करोड अथवा कूल बजेटको २६ दशमलब २ प्रतिशत 
३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड अथवा ११ प्रतिशत
बजेटको स्रोत 
 राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब
साँवा फिर्ताबाट १५ अर्ब
वैदेशिक अनुदानबाट ७२ अर्ब
वैदेशिक ऋण २ खर्ब ऋण
आन्तरिक ऋण १ खर्ब ४५ अर्ब
स्थानीय तह-
निसर्त अनुदान- १ खर्व ४५ अर्ब
ससर्त अनुदान- ७५ अर्ब
कुल अनुदान- २ खर्व २५ अर्ब


मुख्य बुद्धाहरु
१ खानेपानी तथा सरसफाइको पहुँचमा नरहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी तथा सरसफाइको पहुँच पुयाउने लक्ष्य  । त्यसका लागि २२ अर्ब ७० करोड रकम विनियोजन ।
२ स्वस्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ 
३ १० वर्षभित्र बालश्रम न्युनिकरण गरिने छ । 
४  स्थानीय तहमा गाउँपालिकाले अधिकतम १० देखि ३९ करोड, 
  • नगरपालिकाले १५ देखि ४३ करोड, 
  • उपमहानगरपालिकाले ४० देखि ६३ करोड र 
  • महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोड रुपैयाँसम्म अनुदान दिइनेछ । 

५ भूकम्पपछिको पुनर्निर्माणका लागि बजेटले प्राथमिकतामा राखेको छ । पूनर्निर्माणका लागि १ खर्व ४६ अर्व रुपैयाँको बजेट बिनियोजन गरिएको छ । 
६ . उर्जामा ६२ अर्व ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपालको पानी जनताको लगानीमार्फत ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गरिने योजना छ । कर्मचारीको लगानीमा ५ सय क्षमताको जलविद्युत आयोजना बनाउने योजना छ । 
७. नागढुंगा–नौबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन गरिएको छ । केरूङ ९काठमाडौंं० पोखरा लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि आवश्यक बजेट छुट्टयाइएको छ ।
८.काठमाडौं तराई द्रुत मार्गका लागि १० अर्व १४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।  सिमरा, भैरहवा र पोखरा विमानस्थलका लागि १३ अर्व ७३ करोड रुपैयाँ बिनियोजन गरिएको छ । 
९.माथिल्लो तामाकोशीका लागि ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्व १७ करोड विनियोजन गरिएको छ । उत्तर दक्षिण लोकमार्गलाई २ अर्ब ३ करोड विनियोजन गरिएको छ ।
१०. डोल्पालाई एक वर्षभित्र सडक सञ्जालमा जोड्ने । पूर्व पश्चिम रेलका विस्तृत परियोजना प्रतिवेनदन तयारी गरिने, यसका लागि ४ अर्ब २ करोड विनियोजन गरिएको छ ।
११ . मेलम्चीबाट दैनिक ७१ करोड लिटर पानी काठमाडौं ल्याउने । यसका लागि ६ अर्ब ५७ करोड विनियोजन । राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।
  • माथिल्लो तामकोशी आगामी वर्षभित्र सकिने ४५६ मेगावाटको लागि  ५० करोड 
  • बुढगण्डकीको लागि १० अर्व १७ करोड, 
  • सिक्टा सिँचाइ २ वर्षभित्र सक्ने, ५ अर्व १६ करोड, 
  • हुलाकी राजमार्गको लागि ४ अर्ब २७ करोड विनियोजन, 
  • कालिगण्डकी करिडोर, उत्तरदक्षिण लोकमार्गको लागि २ अर्व ३ करोड, 
  • हुम्लामा र डोल्पामा सडक जोड्न ३० करोड, ४ अर्व ३ करोड 
  • मध्यपहाडी, रेलमार्गको लागि ४ अर्व २ करोड,  
  • पशुपती र लुम्बिनी र गुरुयोजनाको लागि १ अर्व १६ करोड, 
  • राष्ट्रपति चुरो संरक्षण १ अर्व ९३ करोड रुपैयाँ, 

Sunday, May 28, 2017

आर्थिक सर्वेक्षण २०७३/०७४ प्रकाशित आज भयो है

आर्थिक सर्वेक्षण २०७३/०७४ प्रकाशित आज भयो है ।

अफजल हुसेन वर्षकै सर्वोत्कृष्ट किसान ------२०७३

जेष्ठ १४, २०७४- 
कृषि क्षेत्रकै सबैभन्दा ठूलो धनराशी भएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार यसवर्ष सर्लाही पिडारीका माछापालक किसान अफजल हुसेनलाई दिइने भएको छ । यो पुरस्कारका लागि छानिएका हुसेन तेस्रो किसान हुन् । 
यो पुरस्कारको पहिलो संस्करण कैलालीको टिकापुरमा १० विगाहा क्षेत्रफलमा केरा खेती गर्दै आएका कालु हमाललाई प्रदान गरिएको थियो भने दोस्रो कास्की लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका किसान इमान बहादुर गुरूङलाई प्रदान गरिएको थियो । सरकारले कृषक र कृषिलाई प्रोत्साहन दिन आर्थिक वर्ष ०७०/७१ को बजेटमार्फत हरेक वर्ष उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो । यो पुरस्कार हरेक वर्ष असार १५ गते धान दिवसका दिन काठमाडौंमा प्रदान गरिन्छ ।
त्यसैगरी यस वर्षको १ लाख रुपैया राशी भएको उत्कृष्ट किसान पुरस्कारका लागि चार जना किसान छानिएका छन् । यस्मा 
१ बेलहानी नवलपरासीमा तरकारी खेती गर्दै आएका थम बहादुर रजाली मगर, 
२ चिपुर डडेल्धुरामा बाख्रा पालन गर्दै आएका खडकसिह विष्ट, 
३ कुरुम्बा पाचथरमा सुन्तला खेती गर्दै आएकी इन्द्र कुमारी लावती र 
४ माछाको प्रजनन फार्मिङ्ग गर्दै आएका नेपालगंजका सुमेर शमशेर जबरा छन् । 


Thursday, May 25, 2017

अब ७६६ स्थानीय तह

अब ७६६ स्थानीय तह

  • १६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर
  • ६ महानगर, ११ उपमहानगर, २८६ नगरपालिका र ४६३ गाउँपालिका


जेष्ठ १२, २०७४- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइसकिएको बताए ।
राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७ सय ६६ पुगेको छ । पछिल्लोपटक २३ स्थानीय तह थप गरिएको छ भने पर्सामा एउटा गाउँपालिका घटाइएको छ । 
तराईका पुराना सहर विराटनगर र वीरगन्जलाई महानगर बनाइएको छ भने ३८ नगरपालिका थपिएका छन् । 
साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाइएको छ भने नयाँ बनाइएका स्थानीय तहमध्ये ३ वटा नगरपालिका छन् । साबिक ४ सय ७९ गाउँपालिकाको संख्या घटेर ४ सय ६३ कायम भएको छ । नगरपालिका संख्या २ सय ६५ बाट ३ सय ३ पुर्‍याइएको छ । अब देशभर ६ महानगर, ११ उपमहानगर र २ सय ८६ नगरपालिका भएका छन् । पहिलो चरणमा २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । परिवर्तित सिमानाअनुसार भए दोस्रो चरणमा अब ४ सय ८३ स्थानमा निर्वाचन हुनेछ । 
मधेसी दललाई फकाउन स्थानीय तहको संख्या थप्ने नाममा राजनीतिक दबाबमा तराईका जिल्लामा धेरै स्थानमा गाउँपालिका र नगरपालिकाको सीमा हेरफेरसमेत गरिएको छ । प्रभावशाली सांसद र दलका नेताले आफूअनुकूल हुने गरी स्थानीय तहको सीमा हेरफेर गराउन सफल भएका छन् । सीमा हेरफेर गर्दा मानिसको सुविधाभन्दा पनि निर्वाचन परिणामलाई आफ्नो अनुकूल पार्न सक्ने मनसाय लुकेको देखिन्छ । सीमा हेरफेरलाई लिएर विभिन्न जिल्लामा असन्तुष्टिहरू व्यक्त भएका छन् । 
सरकारले सोमबार २४ वटा गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेकोमा राजनीतिक दबाबमै मन्त्रालयले नगरपालिका संख्या त्यसभन्दा पनि बढाएको छ । झापामा कमल, बुद्धशान्ति र झापा गाउँपालिका नगरपालिकामा परिणत भएका छन् । भद्रपुर नगरपालिकामा वडाको सिमाना परिवर्तन गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिकाको नाम फेरेर मोधा बूढीगंगा राखिएको छ । सुनसरीमा भुटाहा र लौकही गाउँपालिका थपिएका छन् । सप्तरीमा वलान विहुल थपिएको छ । दुवै जिल्लामा अन्य कतिपय स्थानीय तहको सिमाना हेरफेर गरिएको छ । त्यस्तै, सिरहामा कर्जन्हा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । धनुषामा एउटा गाउँपालिका थपिनुका साथै साबिकका ३ गाउँपालिका नगरपालिका बनाइएका छन् । त्यसो गर्दा धेरै स्थानीय तहको सीमा चलाइएको छ । धनौजी गाउँपालिका नयाँ बनाइएको छ । कमला सिद्धिदात्री, हंसपुर र मिथिला विहारी नगरपालिका भएका छन् ।
महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाइएको छ । बलवा, लोहरपट्टी, मनराशिसवा, रामगोपालपुर, औरही, भंगाहा, मटिहानी नगरपालिका भएका छन् । सर्लाहीमा पर्सा, कौडेना र बसबरिया गाउँपालिका थपिएको तथा कविलासी गाउँपालिकालाई नगरपालिका बनाइएको छ । रौतहटमा १ गाउँपालिका र १ नगरपालिका थपिनुका साथै साबिकका १२ गाउँपालिकालाई नगरपालिका बनाइएको छ । त्यहाँ राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका थपिएका छन् । बौधीमाई, बृन्दावन, देवाही, गढीमाई, गजुरा, कटहरिया, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर नगरपालिकामा परिणत भएका छन् । 
बारामा विश्रामपुर गाउँपालिका थपिएको छ । पचरौतालाई नगरपालिका बनाइएको छ । पर्सामा बेलवा गाउँपालिका समावेश गरी वीरगन्जलाई महानगर बनाइएको छ । त्यहाँ जिराभवानी र कालिकामाई गाउँपालिका नयाँ थपिएका छन् । बहुदरमाई र पर्सागढी नगरपालिका भएका छन् । सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरी ठोरी बनाइएको छ । नवलपरासीमा १ गाउँपालिका र २ नगरपालिका थपिएका छन् । त्यहाँ दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहको संख्या १० पुगेको छ । ती १० मा सुनवल, बर्दघाट, रामग्राम, पाल्हीनन्दन र प्रतापपुर नगरपालिका तथा रामनगर, पण्डितपुर, सरावल, भुजहवा र गुठीप्रसौनी गाउँपालिका छन् ।
रुपन्देहीमा ३ गाउँपालिका थपिएका छन् भने साबिकका ३ गाउँपालिका नगरपालिका भएका छन् । समयमाई, महाव र किसान गाउँपालिका थपिएका छन् । कञ्चन, मायादेवी र शुद्धोधन गाउँपालिकालाई नगरपालिका बनाइएको छ । कपिलवस्तुमा गौतमबुद्ध, बहादुरगन्ज र कनकमुनि गाउँपालिका थपिएका छन् । बाँकेमा सोनारी गाउँपालिका थपिएको छ भने खजुरालाई नगरपालिका बनाइएको छ । कैलालीमा मोहना गाउँपालिका थप्नुका साथै जानकी गाउँपालिकालाई नगरपालिका बनाइएको छ ।


Friday, May 19, 2017

सुनसरीको संस्था कैटीके बेल्टले २ करोड ४० लाख जित्यो

नेपाली परियोजनालाई दुई करोड ४० लाखको पुरस्कार

-जेष्ठ ५, २०७४- जैविक विविधता एवम् वन्यजन्तु संरक्षणसम्बन्धी एक नेपाली परियोजनाले झण्डै दुई लाख चालीस हजार अमेरिकी डलर अर्थात् दुई करोड ४० लाख बढी रकम बराबरको पुरस्कार जितेको छ । केटिक बेल्ट इन्कको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले ‘द क्राउडराईज अर्थ डे रोडम्याप कलाईमेट च्यालेन्ज’मा दोस्रो स्थान प्राप्त गर्दै सो रकम जित्न सफल भएको हो । पर्यावरणसम्बन्धी यो अनलाईन प्रतिस्पर्धामा विभिन्न मुलुकमा परियोजनाहरुले सहभागी हुन्छन् भने सबैभन्दा बढी चन्दा संकलन गर्ने परियोजना पुरुस्कृत हुने गर्छ ।
चार सय ४१ दाताहरुले ‘भर्टिकल युनिभर्सिटी’ परियोजनालाई एक लाख ५७ हजार सात सय ८२ डलर सहयोग गरेका थिए । जसमा सबैभन्दा धेरै अमेरिकाबाट सहयोग गरिएको थियो । दोस्रो स्थान प्राप्त गरेबापत परियोजनाले थप ७५ हजार डलर जितेको छ भने चार हजार डलरको मिनी च्यालेन्ज पुरस्कार र तीन हजार डलरको अफलाईन चन्दासहित कूल दुई लाख ३९ हजार सात सय ८२ डलर संकलन गर्न सफल भएको छ । च्यालेन्जमा इण्डोनेसियास्थित बालीको ग्रीन स्कुलले पहिलो स्थान प्राप्त गरेको थियो ।
जैविक विविधता र वन्यजन्तु संरक्षणलाई मध्यनजर गरिएको ‘भर्टिकल युनिभर्सिटी’ परियोजनाले नेपालको पूर्वी क्षेत्रको ६७ मिटरको कोसी टप्पुदेखि आठ हजार पाँच सय ८६ मिटरको कञ्चनजंगा क्षेत्र समेटेको छ । सन् २०१४ मा केटिक बेल्ट इन्कले यो परियोजना बनाएको थियो भने करिब एक महिनादेखि ‘रोडम्याप कलाईमेट च्यालेन्ज’ प्रतिस्पर्धी थियो । परियोजनाको सहसंयोजकद्वय प्रियंका विष्ट, राजीव गोयललगायत एघार देशका चालीस स्वयम्‌सेवकहरु परियोजनालाई जिताउन सक्रिय थिए । सांगीतिक कार्यक्रम, मम पार्टी, भेला, टेलिफोनमार्फत सहयोगको लागि आह्वान गरिएको थियो ।