Wednesday, December 28, 2016

मर्यादाक्रम (२८ स्थानमा को–को ?)

१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीस
५. संविधानसभा अध्यक्ष/ब्यवस्थापिका संसदका सभामुख
६. पूर्व राष्ट्रपति, उपप्रधानमन्त्री
७. मन्त्री, ब्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीस, ब्यवस्थापिका संसदका उपसभामुख, संविधानसभाका उपाध्यक्ष, पूर्वसभामुख
८. राज्यमन्त्री, संविधानसभा÷ब्यवस्थापिका संसदका विभिन्न समितिका सभापति/अध्यक्ष
९. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपतिहरु
१०. सर्वोच्च अदालतका न्यायाधीस, न्यायपरिषदका सदस्य
११. सहायक मन्त्री
१२. संविधानसभा/ब्यवस्थापिका संसदका सदस्य
१३. संबैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता, नेपाल सरकारका मूख्य सचिव
१४. पुनरावेदन अदालतका मुख्य न्यायाधिश, राष्ट्रिय योजना आयोगका सदस्य, संबैधानिक निकायका पदाधिकारी, नेपाल राष्ट्रबैंकका गभर्नर, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति
१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका बिशिष्ट श्रेणिका कर्मचारी, नेपाल स्थित विदेशी राजदुत, सार्कका महासचिव, नेपाली राजदुत, सर्बोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिबक्ता, पुनराबेदन अदालतका न्यायाधिश
१६. रथी, प्रहरी महानिरिक्षक, सशस्त्र प्रहरी महानिरिक्षक, मुख्य अनुसंधान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका आवासिय संयोजक
१७. उपरथी, अतिरिक्त महानिरिक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसंधान निर्देशक
१८. जिल्ला विकास समितिका सभापति (निर्वाचित), महानगरपालिकाका प्रमुख (निर्वाचित)
१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)
२०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख
२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक
२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक
२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी
२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक
२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष)
२६.सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी
२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत
२८. सहायक सेनानी

जैविकविविधता मा विश्वका धनी मुलुकहरु

#1: Brazil

#6: Peru

#2: Colombia

#7: Australia

#3: Indonesia

#8: India

#4: China

#9: Ecuador

#5: Mexico

#10 (tie): United States and Venezuela

प्रतिव्यक्ति आयका आधारमा विश्वका धनी र गरीब मुलुकहरु ।।।


Tuesday, December 20, 2016

 सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता
पूर्वाञ्चलका मोरङ्ग, सुनसरी, झापा, धनकुटा, सप्तरी, उदयपुर र सिराहामा हुने प्रतियोगितामा ३० वटा खेलका प्रतिस्पर्धा हुनेछन्  प्रतियोगिताको पुस ८ गते राष्ट्रपति विद्यादेवि भण्डारीले विराटनगरमा उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनमा विभिन्न २५ जातजातिको साँस्कृतिक झाँकी तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहने छ । यसको सबै तयारी भइसकेको छ । 

३० खेलमा प्रतिस्पर्धा

प्रतियोगितामा विभिन्न ३० खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । परिषदका सदस्य सचिव केशबकुमार बिष्टले साताैं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा हुनेछ । एक हप्तासम्म चल्ने प्रतियोगितामा महिला र पुरुष फुटबलका एक एक वटा, एथलेटिक्सका ३६ वटा, पुरुष बक्सिङका १० वटा इभेन्ट हुने छन् ।
यसैगरी महिला बक्सिङ्गका ९, तेक्वान्दोका १६, कराँतेका १७, महिला र पुरुष भारोत्तोलन १९ वटा इभेन्ट हुने छन् । महिला र पुरुष भलिबलका एक एक, टेबलटेनिसका ७, महिला र पुरुष कबड्डीका एक एक, कुस्तीका ८, ब्याडमिन्टनका सात, उसुका २३, जुडोका २१, महिला र पुरुष बास्केटबलका एक एक, चेसका २, महिला र पुरुष ह्यान्डबलका एक एक इभेन्टका प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, आईटीएफका २७, फुलकन्ट्याक कराँतेका १०, हकीको एक, पुरुष स्क्वासका ३, महिला स्क्वासका २, सुटिङका ८, जिम्न्यास्टिकका १२, महिला र पुरुष लनटेनिसका ६, सफ्टटेनिसका ७, महिला र पुरुष क्रिकेटका एक एक, साइक्लिङका २, आर्चरीका ११, सेपाकटाक्रोका ८, महिला र पुरुष खो–खोका २ र फेन्सिङ खेलकोका ८ गरी २ सय ९४ स्वर्ण पदककका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।