Friday, November 10, 2017

आर्थिक बर्ष २०७४/०७५ को बजेट

आर्थिक बर्ष २०७४/०७५ को बजेट

कुल बजेट - १२ खर्ब ७८ अर्ब ९९ करोड ५५ हजार
१ साधारण- ८ खर्ब ३ अर्ब ५३ करोड १४ हजार अथवा ६२.८ प्रतिशत
२ पूँजीगत- ३ खर्ब ३५ अर्ब १७ करोड ५९लाख ७० हजार अथवा २६.२ प्रतिशत
३ वित्तिय व्यवस्था- १ खर्ब ४० अर्ब २८ करोड ७४लाख ३१ हजार अथवा ११ प्रतिशत

बजेटको स्रोत 

राजस्व लक्ष्य ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार
साँवा फिर्ताबाट १५ अर्ब
वैदेशिक अनुदानबाट ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार
न्यून बजेट ४ खर्ब ६१ अर्ब ७७ करोड १६ लाख
• वैदेशिक ऋण २ खर्ब १४ अर्ब ३ करोड ५४ लाख २९ हजार
आन्तरिक ऋण १ खर्ब ४५ अर्ब
चालु बर्षको नगद मौज्दात बाट -१ खर्ब २ अर्ब ७३ करोड ६२ लाख २८ हजार

स्थानीय तह- 

• समानिकरण अनुदान १ खर्ब ४८ अर्ब ६३ करोड ९८ लाख ३३ हजार
- ससर्त अनुदान- ७६ अर्ब ४१ करोड ४७ लाख ५८ हजार
जम्मा २ खर्व २५ अर्ब ५ करोड ४५ लाख ९१ हजार 17.६ प्रतिशत
यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २१‍.९ प्रतिशत र संशोधित अनुमानको तुलनामा ३६.६ प्रतिशतले बढी हो ।
• .यस बजेटको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख्य विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य  । मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने ।

उद्धेश्यहरु

• संविधान कार्यान्वयनमा सहयोग गर्ने,
• दिगो, समावेशी र उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने,
• समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, र
• राज्यद्वारा प्रदान गरिने सेवामा आम नागरिकको पहुँच वृद्धि गर्ने । 

प्राथमिकताका क्षेत्र

 संघीयता कार्यान्वयन,
 भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुननिर्माण,
 रोजगारीका अवसरहरूमा वृद्धि,
 उत्पादन र उत्पादकत्व वृद्धि,
 राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा तीब्रता,
 जलविद्युत उत्पादन, प्रसारण र वितरण,
 सडक, रेलमार्ग र अन्तराष्ट्रिय विमानस्थल निर्माण र स्तरोन्नति,
 पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन,
 शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा लगानी,
 बैंक तथा वित्तीय संस्थाहरूको नियमन र व्यवस्थित सञ्चालन,
 अत्यावश्यक उपभोग्य वस्तुहरूको सुदृढ आपूर्ति, भण्डारण र वितरण प्रणाली,
 सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार । 

विशेषताहरु

  • • गाउँपालिकाले न्यूनतम रु.१० करोड र अधिकतम रु.३९ करोड, नगरपालिकाले न्यूनतम रु.१५करोड र अधिकतम रु.४३करोड, उपमहानगरपालिकाले न्यूनतम रु.४०करोड र अधिकतम रु.६३ करोड तथा महानगरपालिकाले न्यूनम रु.५६ करोड र अधिकतम रु.१अर्ब २४ करोड अनुदान प्राप्त गर्नेछन् । 
  •  भूकम्प पश्चातको पुननिर्माण र पुनर्स्थापनाको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणमार्फत् खर्च हुने गरी रु.१ खर्ब ४६ अर्ब १८ करोड बजेट विनियोजन । 
  •  वन क्षेत्रको लागि रु.१५ अर्ब ३४ करोड र भूमिसुधारका लागि रु.६ अर्ब ८० करोड विनियोजन भएको । 
  • उद्योग, वाणिज्य एवम् आपूर्ति क्षेत्रमा सञ्चालित सबै कार्यक्रमहरूका लागि रु.१० अर्ब ९६ करोड विनियोजन भएको । 
  • • थानकोट-नौबिसे खण्डको नागढुङ्गामा सुरङ्ग मार्गको प्रारम्भिक कार्य शुरु भइसकेको छ । सोको डिजाइन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न रु.५ अर्ब ५४ करोड विनियोजन । 
  • . आगामी पाँच वर्षभित्र सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लागू गरिनेछ । 
  •  "उज्यालो नेपाल अभियान" अन्तर्गत "नेपालको पानी जनताको लगानी" कार्यक्रम मार्फत् ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गरिनेछ । 
  • • .हालसम्म आधारभूत खानेपानी सेवाको पहुँच नपुगेका १३ प्रतिशत जनसंख्यालाई आगामी दुई वर्षभित्र आधारभूतस्तरको खानेपानी सेवामा पहुँच सुनिश्चित गर्ने गरी खानेपानी तथा सरसफाइ क्षेत्रका कार्यक्रमहरूलाई निरन्तरता दिएको छु । यी कार्यक्रमहरूका लागि रु.२२ अर्ब ७० करोड विनियोजन । 
  • • युथ भिजन, २०२५ मा युवाको विकासको लागि उल्लेख भएका पाँच स्तम्भहरू गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकासका साथै खेलकुद र मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । 
  • • .गरिब घरपरिवारको रूपमा पहिचान भएका परिवारलाई गरिब परिचयपत्र वितरण गरिनेछ । थप ५० जिल्लामा गरिब घरपरिवार पहिचान गर्ने कार्यक्रम शुरु गरिनेछ ।

Monday, September 4, 2017

 निर्वाचन क्षेत्र निर्धारण आयोग २०७४ गठन
  • गठन मिति २०७४ श्रावण १५
  • अध्यक्ष – कमलनारायण दास
  •  सदस्यहरु-  माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र सदस्य सचिवमा वेगेन्द्रराज शर्मा
  • समिति – ५ सदस्यीय
  • प्रतिवेदन प्रधानमन्त्रिलाई कहिले बुझाएको – २०७४ साल भाद्र १४ गते
  •     प्रस्ताव
  • संघीय संसदका लागि निर्वाचन क्षेत्र - १६५
  •  प्रदश सभाका लागि- ३३०

प्रदेश अनुसार निर्वाचन क्षेत्र
प्रदेशहरु
निर्वाचन क्षेत्र
 १
२८
३२
३३
१८
२६
१२
१६


निर्वाचन क्षेत्र हरु को संख्या
जिल्लाको संख्या
जिल्लाका नामहरु
३५
ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, रसुवा, लम्जुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला छन् ।
२१
इलाम, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, नवलपरासी सुस्ता पूर्व, नवलपरासी सुस्ता बर्दघाट पश्चिम, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख र अछाम छन् ।
ललितपुर, चितवन, कास्की, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुर
सुनसरी सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) 
झापा, रुपन्देही र कैलाली
मोरङमा
१०
काठमाण्डौ

चर्या नाँचको एक किम्बदन्ति कथन

बुद्ध धर्मसँग सम्बन्धित लोपोन्मुख नाच चर्या नृत्य भनेको बुद्ध धर्मको तान्त्रिक विधाको एक कला प्रस्तुति हो ।यसमा कलाकारले ध्यानभावमा ढालिएर नृत्यद्वारा प्रस्तुति दिन्छन्। नृत्यमा पञ्चबुद्ध मानिएका अक्ष्योम्य, रत्नसम्भव, अमिताभ, अमोघसिद्धि र वैचोरनका ध्यानमुद्रा र ध्यानभावलाई आत्मसाथ गरी नृत्यमा प्रस्तुत गरिन्छ । संस्कृत नृत्य गर्नुअघि हरेक कलाकारले श्लोकमा मन्त्रोचारण गर्दै आफ्ना आस्थाका देवदेवीप्रति भक्तिभावले प्रार्थना गर्छन् । त्यसैले यस नृत्यका लागि आत्मिक रूपमा पनि कलाकार अध्यात्मप्रति समर्पित हुन आवश्यक छ,’ ‘जनमानसमा बोधिज्ञान प्रवाह गर्ने विशुद्ध एवं सशक्त माध्यमका रूपमा पहिलेपहिले बोधिसत्वहरूले चर्या गीत र चर्या नृत्य प्रयोगमा ल्याउने र यसका प्रथम रचनाकार, संगीतकार तथा गायक महामञ्जुश्री हुन् भन्ने विश्वास रहेको छ ।

BRICS को जानकारी

BRICS सम्मेलन
·       BRIC को स्थापना सन २००९
·       BRICS  को स्थापना २०१० दक्षिण अफ्रिका सदस्य भएपछि
·       पहिलो सम्मेलन सन २००९ जुन १७
·       नवौ सम्मेलन सन २०१७ सेप्टेम्बर ३-५
·    स्थान- शियामन चिन
·    सहभागीहरु
·    भारतको प्रधानमन्त्रि – नरेन्द्र मोदी
·    चिनका राष्ट्रपति – सि जिङ् पिङ्
·    दक्षिणअफ्रिकाका राष्ट्रपति – ज्याकुब जुमा
·    ब्राजिलका राष्ट्रपति – मिचेल टिमेर
·    रुसका राष्ट्रपति –भलामिदिर पुटिन
·    घोषणापत्र ७१ बुदे
·          ब्रिक्सको अध्यक्ष हाल -  चीनका राष्ट्रपति सी चिन पिङ्
·       १० ‍औ सम्मेलन सन २०१८ मा दक्षिण अफ्रिका
·       new development Bank को स्थापना सन २०१४ जुलाई

·       प्रधानकार्यालय – साङघाई, चिन