|
नेपाल सगँ दौत्य सम्बन्ध कायम भएका पहिला मुलुकहरु
|
नेपाल सगँ दौत्य सम्बन्ध कायम भएका
पछिल्ला मुलुकहरु
|
||
|
१.बेलायत
|
सन १८१६
|
१४३ Republic of Guinea
|
12-May-2016
|
|
२.अमेरिका
|
सन१९४७अप्रिल २०
|
१४४ EL
salvador
|
21 September 2016
|
|
३.भारत
|
- सन
१९४७ जुन १३
|
१४५ Uganda
|
12 june 2017
|
|
४.फ्रान्स
|
– सन १९४९ अप्रिल २५
|
१४६ Côte
d’Ivoire
|
16 june 2017
|
|
५.चीन
|
– सन १९५५ अगस्ट १
|
१४७ Republic
of Djibouti
|
14-July-2017
|
|
६.रुस
|
सन
१९५६ जुलाई २०
|
१४८ Antigua
and Barbuda
|
25-July-2017
|
|
७.जापान
|
सन
१९५६ जुलाई २८
|
१४९ Cabo
Verde
|
03 August 2017
|
Thursday, August 3, 2017
नेपाल सगँ दौत्य सम्बन्ध कायम भएको १४९ औ मुलुक
Wednesday, July 26, 2017
हलो क्रान्ति दिवश
हलो क्रान्ति दिवश
- हलो क्रान्ति दिवश कहिले मनान्छ - साउन ११
- कहिले देखी मनाउनु सुरु गरियो - २००६ साल साउन ११ गते
- ६८ औं हलो क्रान्ति दिवस कहिले मनाइयो – २०७४ साउन ११ गते
- कहाँ मनाइन्छ - लमजुङमा
- किन मनाइन्छ - ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो ।
- नेतृत्व कसले गरे- पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।
Tuesday, July 25, 2017
घण्टाकर्ण चतुर्दशी वा गोठेमङ्गल का बारेमा जानकारी
घण्टाकर्ण चतुर्दशी
- साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी काठमाण्डौं उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा मनाइने चाडको नाम हो । यस दिन शिव पुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । काठमाडौँ उपत्यकामा यस पर्वलाई 'गठेमङ्गल' भन्ने गर्दछन् । 'गठेमङ्गल' पर्वका दिन एक जना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतीकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । त्यस दिन राति राँको बालेर भूत भगाउने चलन छ । वैशाख महिनामा पर्ने अक्षय तृतियाका दिन मानिसले गर्न नसक्ने काम वा रोपाइँको कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तन्त्रोक्त विधिले आह्वान गरिन्छ र 'गठेमङ्गल' पर्वका दिन तिनै भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले विदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गरी दोबाटोमा समुदायका सबैले पूजा गर्न सक्ने गरी पूजास्थल बनाएर राख्ने गरिन्छ ।
पौराणिक कथा
नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो
जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र
आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र
आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो । त्यस राक्षसलाई
त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै
कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र
धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्टा झुण्ड्याएको हुनाले
त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो
र धनीमानी र सम्मृद्धका तुलनामा मगन्तेहरू उसका मन पर्ने मानिसहरू हुन्थे । ऊ
देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो
त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई
त्यही निउँमा उसले मारिदिने गर्दथ्यो । त्यस नरभक्षी राक्षसले बाटामा हिंड्ने
महिला र बालिकालाई बलात्कार गर्ने गर्थ्यो । आतङ्क उसको दिनचर्या जस्तै बनेको थियो
। एकदिन उसलाई साह्रै भोक लागेको बेला ऊ आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको
एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानव बस्ती कहाँ छ भनेर सोध्यो ।
भ्यागुतो पनि राक्षसदेखि रिसाएको थियो । उसले मौका यही हो भन्दै धाप (भासभएको
जमिन)तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर देखायो। राक्षस भ्यागुतोले
देखाएको ठाउँतिरै लाग्यो । त्यस ठाउँमा पुग्नासाथ ऊ धापमा ग्वाम्मै खस्यो । उसले
आफ्नो विशाल शरीरलाई त्यस भासबाट प्रशस्त उपाय गर्दा पनि निकाल्न सकेन । साँझको
समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुंगाले
हानेर उसलाई मारे । कतैकतै भ्यागुतोले घण्टाकर्णलाई कुवामा खसाएर मारेको कथा पनि
सुन्न पाइन्छ । रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई
राक्षसलाई मारेको कथा उल्लेख छ । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि
नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका
दिन एकाबिहानै काठमाण्डौ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो,
चौबाटोमा उभ्याइन्छ । बिहानै स्नान, पूजापाठ
गरी घरआँगन सफासुग्घर बनाइन्छ । केटाकेटीहरु त्यस दिन बिहानैदेखि बाटोमा डोरी
टाँगेर वा तघारो तेर्स्याएर घण्टासुरको जगात माग्दै बस्छन् । देशका विभिन्न ठाउँमा
घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । यो पर्व नेवार समुदायमा महत्वका साथ
मनाउने गरिन्छ । मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको
प्रतिमा बनाई जलाउने र सेलाउन चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट
झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले
भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिंदा राक्षस धापमा गाडिएको र सबैजना
जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको
प्रतिमा बनाईन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले
रंगाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा
लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा
पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने
चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।
Saturday, July 22, 2017
भारतमा नयाँ राष्ट्रपति
भारतमा १४ औं
राष्ट्रपति निर्वाचित
राष्ट्रपतिको नाम :रामनाथ कोविन्द
राष्ट्रपतिको नाम :रामनाथ कोविन्द
नियूक्त भएको मिति सन् २०१७ जुलाई २०
कोविन्दले ६५.३५
प्रतिशत मत पाएका छन् भने निकटमत प्रतिद्वन्द्वी मिराकुमारले ३४.३५ प्रतिशत मत
पाएकी छन् ।नवनिर्वाचित राष्ट्रपति
कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए । तेह्रौँ राष्ट्रपति प्रणव मुखर्जी थिए ।
उनले २०१७ जुलाई २५ मा मात्र शपथ ग्रहण गरेका हुुन ।
उनले २०१७ जुलाई २५ मा मात्र शपथ ग्रहण गरेका हुुन ।
·
निर्वाचन क्षेत्र निर्धारण आयोग
गठन
- सरकारले नेपालको संविधान २०७२ को धारा २८६ बमोजिम २०७४ साउन ५ गते देहाय बमोजिमको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
. अध्यक्ष : पूर्वन्यायाधीश कमलनारायण दास
. सदस्य : भूगोलविद् माधव अधिकारी
. सदस्य :समाजशास्त्री डा. विश्वकल्याण पराजुली
. सदस्य :प्रशासनविद् गणेशराज कार्की
. सदस्य सचिव : बेगेन्द्र शर्मा पौडेल
- सरकारले नेपालको संविधान २०७२ को धारा २८६ बमोजिम २०७४ साउन ५ गते देहाय बमोजिमको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
. अध्यक्ष : पूर्वन्यायाधीश कमलनारायण दास
. सदस्य : भूगोलविद् माधव अधिकारी
. सदस्य :समाजशास्त्री डा. विश्वकल्याण पराजुली
. सदस्य :प्रशासनविद् गणेशराज कार्की
. सदस्य सचिव : बेगेन्द्र शर्मा पौडेल
आइकाओको ‘सुरक्षा सूची’बाट हट्यो नेपाल
·
२१ जुलाई २०१७ मा नेपाललाई ४ बर्ष देखि राखेको आइकाओको ‘सुरक्षा सूची’बाट हटाएको छ
· आइकाओले सन् २०१३ को जुलाईमा नेपालको उडान
सुरक्षा अडिट गर्दै यहाँको वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने प्रक्रिया
पालना नगरेको भन्दै उक्त सुरक्षा सूचीमा राखेको थियो
आव २०७४/७५ को मौद्रिक नीति
आव २०७४/७५ को मौद्रिक नीति
काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति
सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले सार्वजनिक
गरेका हुन् ।
नेपाल
राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९/६०
देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो ।
उक्त
नितिमा उललेख भएका मुख्य मुख्य बिषयहरु
मुद्रास्फिीतिलाई
७ प्रतिशतमा कायम राख्ने
आर्थिक
वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई
सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने
विश्व
अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल
सरकारको वार्षिक बजेट, बैंकिङ क्षेत्रमा देखिएको वित्तीय
असन्तुलन, नेपालीको श्रम गन्तव्य मुलुकमा उत्पन्न पछिल्लो
स्थिति तथा बढ्दो आयातलाई ध्यानमा राखी आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति
तर्जुमा गरिएको छ ।
दुई हप्ता अवधिको रिपो दरलाई
नीतिगत दरको रुपमा लिइने व्यवस्थालाई यथावत कायम गरिएको छ दुईहप्ते नीतिगत रिपोदर
५ प्रतिशत कायम गरिएको
जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवम्मझौला उद्योग, औषधी उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रुपमा परिभाषित गरिने
जलविद्युत, कृषि, पर्यटन, निर्यात, साना एवम्मझौला उद्योग, औषधी उत्पादन, सिमेन्ट, गार्मेन्ट लगायतका उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रुपमा परिभाषित गरिने
वाणिज्य
बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५
प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता
प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्युनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा
२०७५ असारसम्ममा प्राथमिकता क्षेत्रमा प्रवाह गनर्’पर्ने
व्यवस्था गरिने
विकास बैंक र वित्त कम्पनीहरुले
समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्युनतम क्रमशः १५ प्रतिशत र
१५ प्रतिशत कर्जाप्रवाह गर्नुपर्ने व्यवस्था कायम गरिएका
२०७४
जेठसम्म कृषि, ऊर्जा, पर्यटन र घरेलु तथा
साना उद्योगमा प्रवाहित कर्जा कुल कर्जाको १७.५ प्रतिशत पुगेको छ । २०७४ जेठ
मसान्तसम्ममा रु. १४ अर्ब ३६ करोड पुनरकर्जा उपयोग भएको छ । यसैगरी बैंक तथा
वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जाको ५.९ प्रतिशत अर्थात् रु. १०३ अर्ब २
करोड विपन्न वर्गमा प्रवाह भएको छ
हालसम्म कुल १५५ वटा बैंक तथा
वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ११२ वटा
संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएका छन्।
समस्याग्रस्त घोषणा गरिएका १६
वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये ७ वटाको रिजोलुसन प्रक्रिया सम्पन्न भएको छ ।
जसमध्ये २ वटा संस्था समस्याग्रस्तबाट हटी सामान्य रुपमा संचालनमा आइसकेका छन्।
वित्तीय सेवाको पहुँच विस्तार
गर्न संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तहमा बैंक शाखा विस्तार गर्ने
कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र सीमित गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र सीमित गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
वाह्य क्षेत्रको स्थायित्वका
लागि कम्तीमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय
सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
भारतीय
मुद्रासँगको स्थिर विनिमयदरलाई मौद्रिक अंकुशको रुपमा यथावत राखी सोको
व्यवस्थापनका लागि मौद्रिक तथा कर्जा योगाङ्कहरुलाई वाञ्छित स्तरमा राखिनेछ ।
आर्थिक
वर्ष २०७४/७५ को लागि कुल आन्तरिक कर्जा २७.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।
नेपाल सरकारको बजेटसँग तादात्म्य हुने गरी आन्तरिक कर्जा वृद्धिको लक्ष्य निर्धारण
गरिएको छ । निजी क्षेत्रतर्पmको कर्जा विस्तारको सीमा २०
प्रतिशत राखिएको छ ।
मौद्रिक
नीतिको सञ्चालन लक्ष्य तथा उपकरण घज्ञ। आर्थिक वर्ष २०७४ देखि कार्यान्वयनमा
ल्याइएको ब्याजदर करिडोर पद्धतिलाई समय सापेक्ष परिमार्जन गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले
कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात यथावत राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई
तोकिएका सुरक्षणपत्रको धितोमा प्रदान गरिने स्थायी तरलता सुविधाको समयावधि अधिकतम्
५ कार्यदिनबाट बढाई ७ कार्यदिन कायम गरिएको छ । साथै, यस सुविधाको लागि ऋण–धितो मूल्य अनुपात ९०
प्रतिशतसम्म कायम गरिएको छ ।
हाल यस बैंकले रु. १० अर्ब ८४
करोडको सीमाभित्र रही पुनरकर्जा सुविधा प्रदान गर्दै आएको छ । आर्थिक पुनरुद्धार
कोषमा रहेको रु. ५ अर्ब जलविद्युत्लगायत रणनीतिक महत्वका प्राथमिकता प्राप्त
क्षेत्रमा पुनरकर्जा उपलब्ध गराउन उपयोग गर्न सकिने व्यवस्था हुन गईरहेको सन्दर्भमा
आर्थिक वर्ष २०७४ द्ध को यस बैंकको मुनाफाबाट समेत रकम छुट्टयाई करिब रु. २०
अर्बको पुनरकर्जा कोष स्थापना गरिनेछ ।
बैंक तथा वित्तीय संस्थाहरुको
पूँजी एवम् तरलता अनुपात सम्बन्धी विवेकशील नियमनहरु यथावत
राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीहरुमा समेत चरणवद्ध रुपमा वासल–३ लागू गर्ने व्यवस्था
वाणिज्य बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश २०७५ असारसम्म ४५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको
राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीहरुमा समेत चरणवद्ध रुपमा वासल–३ लागू गर्ने व्यवस्था
वाणिज्य बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश २०७५ असारसम्म ४५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको
विकास बैंक र वित्त कम्पनीहरुले
समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र
१० प्रतिशत कर्जाप्रवाह गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।
बैंक तथा वित्तीय संस्था
सम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम पूर्वाधार विकास
बैंक स्थापनाका लागि आवश्यक इजाजत नीति, नियमन र सुपरिवेक्षण
सम्बन्धी नीतिगत व्यवस्था गरी पूर्वाधार विकास बैंक स्थापनाका लागि सहजीकरण गरिनेछ
।
आर्थिक वर्ष २०७४ को मौद्रिक
नीतिको अद्र्ध–वार्षिक समीक्षामार्फत् कर्जा/प्राथमिक पुँजी–निक्षेप अनुपात गणना गर्दा तोकिएका क्षेत्रमा प्रवाह भएको कर्जाको ५०
प्रतिशत घटाउन पाउने सुविधालाई छ हटाइएको छ । तर, कर्जा/प्राथमिक
पुँजी–निक्षेप अनुपात नाघेका बैक तथा वित्तीय संस्थाहरुले
२०७४ असोज मसान्तसम्ममा तोकिएको कर्जा/प्राथमिक पुँजी–निक्षेप
अनुपातको सीमाभित्र ल्याइसक्नु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले
शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म
मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ । साथै, एउटै
सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको
बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ ।
निजी प्रयोजनका सवारी साधनमा ऋण
प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी
गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ । साथै, व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशत कायम गरिएको
बैंक तथा वित्तीय संस्थाहरुले
प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको रु. १ करोडको सीमालाई वृद्धि गरी रु. १
करोड ५० लाख कायम गरिएको
काठमाडौं उपत्यकाभित्र रियल
स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) हालको ५० प्रतिशतबाट ४०
प्रतिशत कायम गर्ने व्यवस्था गरिएको अन्य स्थानका हकमा साविकको ५० प्रतिशत
अनुपातलाई निरन्तरता दिइएको छ । यस व्यवस्थाले संघीयता कार्यान्वयन भइरहेको
सन्दर्भमा विकेन्द्रित
विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास गरिएको
लघुवित्त संस्थाको इजाजतका लागि आवेदन लिने कार्य स्थगित गरिएको
विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास गरिएको
लघुवित्त संस्थाको इजाजतका लागि आवेदन लिने कार्य स्थगित गरिएको
ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा
उपलब्ध गराउन प्रत्येक बैंक तथा वित्तीय संस्थाले त्यस्ता ग्राहकहरुलाई विशेष
काउण्टर तोकी सेवा दिनु पर्ने व्यवस्था गरिने
२५०० खाता बराबर रु. १ करोड
निर्ब्याजी सापट
नयाँ लघुवित्त संस्था खोल्न बन्द
नयाँ लघुवित्त संस्था खोल्न बन्द
विद्युतीय सवारी किन्दा ८०
प्रतिशत अटो लोन
२०७४ साउन १ देखि रु. १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत्गर्नुपर्ने व्यवस्था गरिएको
२०७४ साउन १ देखि रु. १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत्गर्नुपर्ने व्यवस्था गरिएको
हालसम्म रु. १० लाखभन्दा माथिको
कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्था रहेकोमा प्रत्येक कर्जाको सूचना कर्जा
सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिनेछ । रु. १० लाखभन्दा कम
कर्जाको सूचना निःशुल्क रुपमा लिनु/दिनु पर्ने व्यवस्था मिलाइन
होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिने
होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरिने
विरामी
बाहेक अन्य विभिन्न प्रयोजनको लागि भारत जाँदा भा.रु. ५० हजारभन्दा बढीको सटही
सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैंकिङ्ग उपकरणमार्फ सटही प्रदान गर्ने
व्यवस्था गरिने
विदेशी
लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने
नीति लिइनेछ । यसअन्तर्गत वार्षिक रु. १० करोडसम्मको लाभांश वितरण गर्ने फर्म, कम्पनी, संस्थाहरुले तोकिएको कागजात पेश गरी वाणिज्य
मार्फत सोझै सटही पाउन सक्ने व्यवस्था गरिने
हवाईजहाज, दूरसंचारका पार्टपूर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपूर्जा आधिकारिक
एजेन्टमार्फत्त तत्कालै विदेशबाट मगाउनु परेमा अमेरिकी डलर १० हजारसम्मका सामानहरु
बिक्रेताले उधारोमा पठाइदिएमा त्यस्ता सामान नियमानुसार भन्सार जाँच पास भई आएको
९० दिनभित्र कागजातका आधारमा भुक्तानी पठाउन सकिने व्यवस्था गरिने
Sunday, June 18, 2017
ICC Trophy cricket
Tournament history
| Year | Host Nation(s) | Final Venue | Final | |||
|---|---|---|---|---|---|---|
| Winner | Result | Runner-up | ||||
| 1998 | Bangladesh | Bangabandhu National Stadium, Dhaka | South Africa 248/6 (47 overs) | South Africa won by 4 wickets | West Indies 245 all out (49.3 overs) | |
| 2000 | Kenya | Gymkhana Club Ground, Nairobi | New Zealand 265/6 (49.4 overs) | New Zealand won by 4 wickets | India 264/6 (50 overs) | |
| 2002 | Sri Lanka | R. Premadasa Stadium, Colombo | Sri Lanka 244/5 (50 Overs) & 222/7 (50 Overs) India 14/0 (2 Overs) & 38/1 (8.4 Overs) | India and Sri Lanka declared co-champions | None | |
| 2004 | England | The Oval, London | West Indies 218/8 (48.5 overs) | West Indies won by 2 wickets | England 217 all out (49.4 overs) | |
| 2006 | India | Brabourne Stadium, Mumbai | Australia 116/2 (28.1 overs) | Australia won by 8 wickets (D/L method) | West Indies 138 all out (30.4 overs) | |
| 2009 | South Africa | SuperSport Park, Centurion | Australia 206/4 (45.2 overs) | Australia won by 6 wickets | New Zealand 200/9 (50 overs) | |
| 2013 | England & Wales | Edgbaston, Birmingham | India 129/7 (20 overs) | India won by 5 runs | England 124/8 (20 overs) | |
| 2017 | England & Wales | The Oval, London | Pakistan | Pakistan won by 180 runs | India | |
Saturday, June 17, 2017
Subscribe to:
Posts (Atom)